धरान, २६ कार्तिक। वराहक्षेत्र-१० प्रकासपुरकी राधिका कट्वालले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेदवार घोषणा गरेकी छिन् । सुनसरी क्षेत्र नं ४ अन्तर्गत आसन्न १४ अौं महाधिवेशनकालागि महिला नेतृ राधिकाले केन्द्रीय महाधिवेशन प्रतिनिधिकालागि उमेदवार घोषणा गरेकि हुन् ।
लामो समय बेदेशिक रोजगारी व्यवसायमा काम गरेकी कट्वाल मेनपावर व्यवसायी संघकी केन्द्रीय कोषाध्यक्ष समेत हुन् । हाल नेपाली कांग्रेस महिला बिभागको केन्द्रीय सदस्य रहेकी कट्वाल कांग्रेस भित्र शालिन, भद्र महिला नेतृको रुपमा स्थापित छिन् ।

गएको वडा अधिवेशनमा खुुल्ला महिला कोटाबाट क्षेत्रिय प्रतिनिधिमा लोकप्रिय मत ल्याएकी कट्बालको सुनसरी-४ बाट सम्भावना बोकेको महिला नेतृको रुपमा चर्चा चुलिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x