मंसिर १९।राप्रपा एकता महाधिवेशनमा कमल थापा राजेन्द्र लिङदेलसङ्ग पराजित भएका छान्।थापा पराजित भएपनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् ।उनकी छोरी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।

त्यस्तै थापाकाे भतिजा अभिषेक थापा पनि केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

थापा भने राजेन्द्र लिङ्देलसँग २०० मतान्तरले पराजित भएका छन्। निर्वाचन समितिका अनुसार लिङदेलले १,८१७ पाएका छन् भने कमल थापाले १,६१७ मत पाएका छन्।अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा डा. धवल शमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x