काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न प्रहरी उनकै घरमा पुगेको छ । यतिबेला उनको बानेश्वरस्थित घरमा प्रहरी पुगेको छ । घर बाहिर सादा पोशाक र पोशाकसहित प्रहरी पुगेका छन् । झाँक्री भने घरबाट बाहिर निस्केकी छैनन् । प्रहरीले झाँक्रीलाई घरबाट बाहिर आउन भनिरहेको छ । उनी भने पत्रकारहरुसँग घरभित्रै अन्र्तक्रिया गरिरहेकी छिन् ।

यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे पक्राऊ गर्ने तयारी गरिएको थियो । अपराध अनुसन्धान महाशाखाले सोधपुछका लागि डाकेकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई पक्राउ गर्न लागिएको जनायो ।

आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढेको थियो ।

गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी थिइन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap