काठमाडौं । रामकुमारी झाँक्री पक्राऊ परेकी छिन् । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई प्रहरीले शंखमूलस्थित घरबाटै पक्राऊ गरेको छ । उनलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

झाँक्रीलाई पक्राऊ गर्न सादा पोशाकको प्रहरी विहान देखि नै उनको घरबाहिर पुगेको थियो । प्रहरीले उनलाई बाहिर आउन भनेपनि मानेकी थिइनन् ।

ठुलो संख्यामा प्रहरी परिचालन गरेर झाँक्रीलाई पक्राऊ गरिएको थियो । उनका समर्थकहरु नारावाजी गर्दै घरबाहिर पुगेका थिए । त्यस क्रममा स्थिति तनावग्रस्त भएको थियो ।

झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap