वराहक्षेत्र  (संगम बिष्ट) उदयपुरको बेलका नगरपालिका केही युवाहरुले मनोरञ्जनको लागि बनाएको “रामपुर परेली” फेसबुक ग्रप विपन्न परिबारको घर घरमा खाद्यन उपलब्ध गराउने अभियान सुरु गरेको छ । कोभिट -१९ न्युनिकरण गर्न लगाईएको लकडाउनका कारण रोजगार गुमाएका मजदुर र गरिव न्यून आए भएको परिवारलाई खाद्य सहयोग गरिरहेको छ ।

सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुबाट आर्थिक संकलन गरेर सहयोग गरिहेका रामपुर परेली समुहका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । सुतुवाति चरणमा कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेको रामपुर परेलीले गएको बैसाख २८ गते बेलका नगरपालिकाको विभिन्न चौक बजार रामपुर चोक, नगपालिका परिसद, सुपाडे, लालबजार, आम्बासी, कोठु, कोशि पुल गरेर १० ठाउँमा टंङ्कि राखेर साबुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।

हाल भन्ने परेली समूह ल बेलकामा रहेका निमुखा सर्वसाधरणको घरमा चामलको बोरा बोकेर पुगी रहेका छन् । नगरको दुर्गम ठाउमा समेत उनीहरु पैदल बाटो हिडेर घर घरमा खाद्यान पुराई रहेका छन् । उनीहरुले घरको परीवार हेरेर खाद्यान्न दिने गरेको समुहका सचिव सबिन खड्का बताउछन् ।उनिहरुले प्रति परिवार चामल, दाल, नुन, तेल घरघरमा पुराउदैँँ आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x