काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x