धरान । नेपाल राष्ट्रिय मगर संघ सुनसरीको कार्यसमिति गठन भएको छ । कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ सुनसरीको सभापतिमा शशी पुलामी मगर चयन भएका छन् ।

सभापति पुलामीको कार्यसमितिमा ९ सदस्य रहेको छ । समितिमा सरिता राना मगर उपाध्यक्ष, हेमन्त थापा मगर सचिव र शोभादेवि आले कोषाध्यक्षमा चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रकाश पुलामी मगर, नविन राना, अन्जु पुलामी, मनिष मगर र गंगा थापा मगर चयन भएका छन् ।

हिजो (विहीबार) आयोजित कार्यक्रममा राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य जित मगर र राष्ट्रिय मगर संघ प्रदेश नं. १ का संयोजक जगत मगर रानाको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap