पुष १६। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनलाई युक्रेनको विषयमा नयाँ प्रतिबन्धहरू लागु गरे अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा भङ्ग हुन सम्म सक्ने चेतावनी दिएका छन् ।त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने राष्ट्रपति पुटिनले बताए ।

बाइडनले युक्रेनमाथि हुने जुनसुकै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारहरूले डटेर जवाफ दिने बताएका थिए । उनले राष्ट्रपति पुटिनलाई कुटनीतिक समाधान खोज्न भनेको बताइएको छ ।

एक महिनामै दुई राष्ट्रपतिबीच दोस्रो पटक संवाद भयो । यो संवादका लागि रुसले आग्रह गर्दा दुई नेताबीच झण्डै एक घण्टा कुराकानी भएको थियो ।

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमा नजिक एक लाखभन्दा बढी फौजहरू तैनाथ गरेको बताउँदै आएको छ । रुसले भने आफ्नो भूमिमा सैनिक परिचालन गर्न पाउनु आफ्नो अधिकार भएको बताउँदै युक्रेनलाई आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यसले उत्पन्न तनावलाई मत्थर पार्ने उद्देश्यले वार्ता भएको बताइएको छ ।

अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि आक्रमण गरे ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x