धरान । धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् ।
क्लबका पदाधिकारी तथा सदस्यहरुले आईतबार बन्दाबन्दीका कारण आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परिवारका लागि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् ।

राहत कोषका संयोजक एवं नेपाली कांग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिनुभयो । विषम् परिस्थितिमा १७ नं. वडाभित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरुका लागि खाद्यान्न, औषधी, फ्रि ऐम्बुलेन्स सेवा उपलब्ध गराउने उदेश्यका साथ ‘रेल्वे युथ क्लब’ले राहत कोष स्थापना गरेको संयोजक राईले बताउनुभयो । उहाँले वडाभित्र रहेका लकडाउनका कारण समस्या परेका पीडितलाई ‘रेल्वे युथ क्लब’का पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । साथै यस अभियानमा जोडिन धरान १७ बासीलाई आह्वान समेत गर्नुभएको छ ।

कोभिड-१९ को महामारीका कारण सरकारले देशभर नै यसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap