धरान । राजस्व अनुसन्धान विभागले लकडाउनको समयमा झन्डै ५ अर्बबराबरको राजस्व चुहावटविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार वैशाख १ गतेदेखि हालसम्म ४ अर्ब ८९ करोडबराबरको राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।
विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धान गर्दै आएको छ । चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २६ अर्ब ६१ करोडबराबरको बिगो छली गरेको आरोपमा ३६ अर्बबराबरको सजाय प्रस्ताव गरेको विभागका सूचना अधिकारी शिवलाल तिवारीले बताए ।


चालू आर्थिक वर्षमा विभागले राजस्व चुहावटमा मात्रै ७२ वटा अनुसन्धान गरेको छ । उक्त अनुसन्धानमा ३ सय ५ प्रतिवादीलाई २० अर्ब ८० करोड रुपैयाँबराबरको बिगो छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको तिवारीले बताए । उनका अनुसार यसरी बिगो छली गर्ने ३ सय ५ प्रतिवादीलाई अदालतमा मुद्दा दर्ता गर्दै २४ अर्बबराबरको सजाय प्रस्ताव गरिएको छ । त्यस्तै विदेशी विनिमयतर्फ चालू आर्थिक वर्षमा विभागले ४५ वटा अनुसन्धान गरेको थियो, जसबाट ५ अर्ब ८१ करोड बिगो छली गरेको आरोपमा ८५ जना व्यक्तिलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको तिवारीले बताए । उनका अनुसार यसरी छली गर्ने व्यक्तिका विरुद्ध विभागले १२ अर्ब ५७ करोडबराबरको सजाय प्रस्ताव गरेको छ । साथै विभागले छुट्टै ८३ वटा अनुसन्धान गरेर ५० लाखभित्रको बिगो छली गर्ने व्यक्तिहरूका मुद्दा आन्तरिक राजस्व विभाग तथा भन्सार विभागलाई सुम्पिएको छ ।


“५० लाखभित्रको बिगो कायम हुने भयो भने अदालतमा मुद्दा हाल्नु पर्दैन,” उनले भने, “राजस्व अनुसन्धान विभाग नियन्त्रक ऐनमा त्यसको छुट्टै व्यवस्था गरेको छ । भन्सारतर्फको हो मुद्दा हो भने भन्सार विभागमा लेखेर पठाउँछौँ । आन्तरिक राजस्व विभागतर्फको हो भने असुल गर्नका लागि आन्तरिक राजस्व विभागमा नै पठाउँछौं ।” तवारीका अनुसार विभागले ५३ वटा अनुसन्धान गरेर आन्तरिक राजस्व विभागलाई ७ करोड १२ लाखबराबरको राजस्व असुल गर्न परिपत्र गरेको छ भने भन्सार विभागतर्फ ३१ वटा अनुसन्धान गरेर १ अर्ब ६६ करोड असुल गर्न पठाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap