पुष २८।केहि दिन यता लगातार बढिरहेको शेयर बजारमा आज, बुधबार करेक्सन देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च नै रहेकोछ ।

आज शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँ पुगेको हो । साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार लगातार ७ अर्ब माथिको कारोबार भएको थियो भने मंगलबार करिब ७ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य बुधबार सर्किट लेभलमा कारोबार भएको छ । यसबाहेक मध्ये भोटेकोशी जलविद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रो, सामलिङ पावर कम्पनी लगायतका कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x