धरान । लघु चलचित्र “मिराको यात्रा” को गित सार्वजनिक भएको छ ।
कुपि क्रीयसनको प्रस्तुति रहेको सामाजिक बिषय बस्तु माथि बनाएको लघु चलकित्र ” मिराको यात्रा” को शिर्ष गित ‘यो यात्रा ……’ बोलको गीतको भिडियो कुपि क्रीयसनको अफिसियल युट्युब च्यानल कुपि क्रीयसनमा सार्वजनिक भएको हो । उक्त भिडियोमा मिरा भन्ने सानि केटि सडकमा भौतारी रहेको देखाइएको छ ।


यो गीतमा गोमा कुलुङ राईको स्वर, टिका थापाको शब्द तथा बिनायक राईको संगीत छ । गीतका शब्दहरु मार्मिक छन् । उक्त लघु चलचित्रमा मिलन चाम्लिङ राई, प्रमिशा चाम्लिङ राई, सोनाम मगर सृष्टि लिम्बु आदिको अभिनय रहेको छ ।

हरि इवाहाङ लिम्बुको निर्देशन , एडम लिम्बुको छायांकन तथा सम्पादन, अस्मिन सुवेदि र सन्देश दाहालको लगानि र तुलसा थापाको ब्यास्थापन बनेको भिडियोमा एक बालिकाले आफ्नो घर छोडेपछि भोगेको पीडा देखाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap