वराहक्षेत्र,३० कार्तिक। सुनसरी निर्वाचनको क्षेत्र नं १ र सुनसरी निर्वाचन क्षेत्र नं ४ मा बिभाजिन वराहक्षेत्र नगरपालिकाबाट ८ जना महिलाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको आकाक्षा प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको १४ अौ महाधिवेशन अन्तर्गत मङ्सिर ६ गते हुने संघिय क्षेत्रिय अधिवेशनकालागि उनिहरु महाधिवेशन प्रतिनिधिका चुनावि अभियानमा छन् ।

संस्थापन र इतर दुबै पक्षमा खुलेरै प्यानलका साथ नेतृहरु मत माग्न व्यस्त देखिन्छन् । वराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा सुनसरी क्षेत्र नं १ मा पर्छ । भन्ने ६ देखि ११ नम्बर वडा सुनसरी क्षेत्र नं ४ मा पर्छ । १ नम्बर क्षेत्रमा वराहक्षेत्र २ जना महिलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आकाक्षा व्यक्त गरेका छन् । वराहक्षेत्र ( २ चतराकि ममता तामाङ मगर र वराहक्षेत्र (३ भरौलकी पुजा धामिले महाधिवेशन प्रतिनिधिकालागि उमेदवार घोषणा गरेका छन् । मगर नेपाली कांग्रेस सुनसरीकि पुर्ब जिल्ला सदस्य एव हाल नेपाली कांग्रेस महिला बिभागको केन्द्रीय सदस्य रहेकी छिन् । त्यस्तै धामि नेपाल महिला संघ क्षेत्र नं १ सदस्य एव् नेपाली कांग्रेसबाट वराहक्षेत्र नगरपालिकाकि उप( प्रमुखको उमेदवार हुन् । मगर संस्थापन ९ देउवा० प्यानलबाट महाधिवेशन प्रतिनिधिको लागि दोडमा छिन भने धामी हाल संस्थापन ईतरबाट उमेदवार बनेकी छिन ।


त्यस्तै सुनसरी क्षेत्र नं ४ बाट वराहक्षेत्रबाट ६ जनाले महाधिवेशन प्रतिनिधिकालागि उमेदवार घोषणा गरेका छन् । हालको संस्थापन पक्षमा ४ जना छन् । भन्ने ईतर अर्थात जमिलको टिमबाट २ जनाले उमेदवारी घोषणा गरेका छन् । देउवा अर्थात एयुब अन्सारीको टिमवाट नेपाल महिला संघकि केन्द्रीय सदस्य अनु गुरुङ्ग आदिवासि महिला कोटावाट महाधिवेशन प्रतिनिधिको उमेदवार बनेकी छिन् । गुरुङ्ग हाल महा( समिति सदस्य हुन् । भन्ने २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक टिकट समेत पाएकी थिईन् । अनुसंगै वराहक्षेत्र ( ६ कै कल्पना कार्कीले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिकालागि उमेदवारी घोषणा गरेकि छिन् । तत्कालीन नेपाली महिला संघ सुनसरी क्षेत्र नं ६ कि सभापति शालिन एव भद्ब महिला नेतृको रुपमा छवि बनाएकि कार्कीले भने संस्थापन ईतरबाट उमेदवार बनेकी छिन् । त्यस्तै जिल्ला सदस्य मुना अधिकारीले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेदवारी घोषणा गरेकी छिन् । वराहक्षेत्र ( ७ कि अधिकारीले संस्थापन पक्षबाट उमेदवार बनेकी छिन् । भन्ने १३ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित शुशिला खनाल पौडेलले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेदवार घोषणा गरेकि छिन् । भाषण कलाका कारण माहोल तताउन र आक्रषित गर्न सक्ने क्षमताका कारण चर्चासंगै सवैको नजरमा परेकी पौडेल पनि संस्थापन पक्षवाटै महाधिवेशनको दौडमा छिन् । त्यस्तै वडा नं ८ वाटनै शिवावति धामिले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उमेदवार घोषणा गरेकी छिन् । तत्कालीन नेपाल महिला संघ महेन्द्रनगरकि सभापति एव स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उमेदवार बनेकी धामीले संस्थापन ईतर पक्षबाट उमेदवार बनेकी छिन् । त्यस्तै वराहक्षेत्र ( १० कि राधिका कटुवाल पनि महाधिवेशन प्रतिनिधिको दौडमा छिन् । हाल महिला बिभागको केन्द्रीय सदस्य रहेकी कटुवाल संस्थापन पक्षवाट महाधिवेशन प्रतिनिधिको उमेदवार छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x