वराहक्षेत्र । नेकपा एमाले बराहक्षेत्र नगर कमिटिले पुष्पलाल श्रेष्ठको ४३ अौं स्मृति दिवशरको अवशरमा बिहिवार सम्पन्न गरेको एक कार्यक्रममा नेपाली कांग्रेस निकट तरुण दल र बिद्यार्थी संघका नेताहरु प्रवेश गराएको भन्दै गलत संन्देश प्रस्तुत गरेर स्याल हुईया गरेको आरोप नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघका नेताहरुले लगाएका छन् ।

नेपाल तरुण दल वराहक्षेत्र नगर समिति सदस्य तथा नेपाल बिद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समिति सचिब फुर्व तामाङ्गको नेतृत्वमा दुई दर्जन तरुण तथा बिद्यार्थी नेताहरुले एमालेमा प्रवेश गरेको नेकएपा एमालेका नेताहरुको दाबि तथ्य हिन रहेको जिकिर दुई समितिका नेताहरुले गरेका छन् । नेपाल तरुण दल वराहक्षेत्रका सचिब मनोज तामाङ्गले फेसबुक स्टाटस मार्फत पार्टी प्रवेश गरेका तामाङ्ग तरुण दलको नगर सदस्य नगरेको स्पष्ट पारेका छन् । उनले भनेका छन् एमालेका एक जिल्ला सदस्यको भनाई राख्दै आम सञ्चार माध्यमबाट गलत प्रचार भएको छ ।पार्टी प्रवेश गरेका ब्यक्ति नेपाल तरुण दल बराहक्षेत्र नगर सदस्य एमाले प्रवेश गरेको भनि समचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । तरुण दलको साधरण सदस्य पनि एमाले पार्टी प्रवेश गरेका छैनन् । साधारण सदस्य समेत नभएका व्यक्तिको नाम जोडेर एमाले पार्टीले गलत प्रचार गरेको मात्र हो । उक्त कदमको तरुण दल वराहक्षेत्र नगर समिति भर्सना गर्दछ । र यस्तो कदम पुर्न नदोहोर्‍याउन चेतावनी समेत दिएको छ ।

त्यस्तै नेपाल बिद्यार्थी संघ क्षेत्र नं ४ का सभापति तिर्थराज भट्टराईले एमालेका नेताहरु जिकिर गरे र समचारमा आए अनुसार तामाङ्ग नेपाल बिद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समिति सचिब नभएको बताएका छन् । साधरण सदस्य समेत नभएको मान्छेलाई कुनै एक ब्यक्तिले भनेकै आदारमा भेरिफाइ समेत नगरेर समचार बनाउनु प्रबिति समेर लगत भएको भन्दै गम्भीर हुन आग्रह समेत गरेका छन् । समचार माध्यममा आए जस्तो नेबिसंघका नेताहरुको कोहि पनि एमालेमा प्रबेस गरेको भट्टराईले दाबि गरेका छन् ।

बिहिबार ४३ आैँ पुष्पलाल स्मृति दिवसमा आयोजित एक कार्यक्रममा नेपाल तरुण दल वराहक्षेत्र नगर समिति सदस्य तथा नेपाल बिद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पसका इकाई समिति सचिब फुर्व तामाङ्गको नेतृत्वमा दुई दर्जन युवा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेको भन्दै टीका लगाएर स्वागत गरेको थियो । भने पार्टी प्रवेश कार्यक्रममा नेतृत्व गरेका तामाङ्ग २४ घण्टा पनि बित्न नपाउदै आत्म आलोचना गर्दै कांग्रेसमै फर्केको घोषणा गरि सकेका छन् । तामाङ्गले फेसबुक स्टाटस मार्फत मेरो पुर्ब पार्टी नेपाली कांग्रेसमै रहने निर्णय गरेको को जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x