वराहक्षेत्र(संगम बिष्ट) ।  वराहक्षेत्र नगरपालिका वडा नं ९ हिडलुवाका ऋषि प्याकुरेलले नगरपालिकाले नगरवासिहरुलाई दुहुना गाई बितरण गर्दैछ भन्ने थाहा पाउने साथ वडा कार्यलयमा थप जानकारी लिन पुगे । तर वडाध्यक्षले बिदेशवाट रोजगारी समस्या भएर फर्केका, बढिमा ५ कट्टा भन्दा थौरै जमिन भएका , एकल महिला तथा दलित समुदायलाई प्रथामिकता भने पछि ऋषि फर्म नभरी फर्किए ।
ऋषि लगाएत वडा नं ९ कै मानवहादुर कार्की, कुमार नेपाल पनि वडाध्यक्षले भन्नेको भित्र आफु नपरे पछि फर्म भर्न नै चाहेनन्न । लक्षित वर्ग र निश्चित परिबारकालागि भनेर तोकेरै नगरपालिकाले नै पढाए पछि उनिहरुले गाई पाउने अवस्था नै नभएकाले उनिहरुले फर्म भरेनन् ।

तर नगरपालिकाले गाई दिदा उनिहरु भन्दा आर्थिक अवस्था सम्पन्न , वडाले भनेको कुरा र नगरले निर्धारण गरेको नियम भन्दा बाहिर गएर गाई बितरण भए पछि उनिहरु छक्क मात्र हैन वडा कार्यलय बिरुद्ध आक्रोषित समेत बनेका छन् । उनिहरुले वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरणमा मनोमरी गरेको गुनासो गरेका छन् ।

गाई बितरण गर्दा राजनैतिक आग्रह राखेर , बडाध्यक्ष तथा सदस्यहरुहरुले आफ्ना निकट व्यक्तिहरुको नाम सिफारिस गरेको आरोप उनिहरुले लगाएका छन् । ऋषि प्याकुरेलका अनुसार वडाध्यक्ष तथा सदस्यहरुले तत्कालिन नेकपा वडा अध्यक्ष सहित गाँउका सम्पन्न एमालेका कार्यक्रताहरुले मात्र गाई पाएको आरोप लगाए । उनले भन्ने वडा नं ९ को हिडलुवा टोलमा गाई पाउने परिवारको २/३ बिघा नै जमिन छ । उनिहरुको परिवारका सदस्य सरकारी जागिरमा उपल्लो तहमा जागिरे पनि छन् । तर पनि सोहि परिवारले गाई पाएको छ । गरिब तथा असायले पाएको छैन् । गाई बितरण गर्दा वडा अध्यक्षले मनोपरी गरेर बितरण र गाई पाउनेले पनि घरको गाई देखाएर नगरपालिकाको अनुदान लिएको उनले आरोप लगाए ।

वराहक्षेत्र नगरपालिकाले २ सय २८ वटा गाई वितरणको लक्ष्य लिएको नगरको बिहिवारसम्म १ सय ५५ वटा मात्र गाई वितरण गरेको छ । कम्तीमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने नगरपालिकाको निर्देशिका भए पनि कतिपय खनुदान पाउने कृषकले घरकै गाई देखाएको वडा नं ९ का स्थानिय आरोप लगाए । वडा नं ९ मा २५ परिबारलाई गाई बितरण गर्ने योजन अनुसार केही बाहेक सबैले गाई खरिदको प्रकृया पूरा गरेका छन् । केहिको सम्झौता हुन बाकि रहेको छ ।

नगरपालिकाको योजनामा बितरण गरिएको गाईमा आफुले कुनै राजनितीकरण, जातिय बिभेद नगरेको वडा नं ९ का अध्यक्ष दिपक लिम्बूले दाबि गरेका छन् । गाई खरिद गर्दा ३५ हजार स्यम कृषकले र ३५ हजार नगरपालिकाले उपलब्ध गराउने भएकाले बिपन्न परिवारलाई ३५ हजार जोह गर्न समस्या परेको तर मापदण्ड बाहिर गरेर गाई बितरण नगरेको वडाध्यक्ष लिम्बूले बताए । तर मेयरवाट नै वडामा गाई बितरणमा अनयमिता भएको भन्दा अच्चम लागेको आफुले त्यस्तो कुनै पक्षपात नगरेको दाबि हुनेले गरे । उनले भन्ने घरको गाई देखाएर अनुसान लिएको भए पशु शाखालाई अनुगमन गरेर सत्य कुरा बाहिर ल्याउन आग्रह समेत गरे ।

आर्थिक बर्ष २०७७/०७८ को वराहक्षेत्र नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकलाई दुहुना गाई वितरण गर्दा वडा कार्यलयलाई तोकेर कृषक छनोट गररे पढाएको आदारमा गाई दिने सम्झौता गरेको पशु स्वास्थ्य अधिकृत विमल अधिकारीले बताए । उनले भन्ने वडा कार्यलयमा फर्म भरेर नै छोनोट भएका आदारमा गाई दिने सम्झौता गरेका हौं । पशु शाखाले छनोट गरेर गाई बितरण गरको छैन । घरको गाई देखाएर अनुसान लिएको भए हामी छानबिन र अनुगमन गर्ने छौ । त्यस्तो भएको खण्डामा हामी कृषकलाई कार्वाही गर्ने पशु साखाका प्रमुख अधिकारीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap