वराहक्षेत्र (संगम बिष्ट) । बिहीबार दिउँसो को १ ग १४७ नम्बरको स्काईभेटर आयो ! स्काईभेटर नगरपालिकाको रहेछ । गत आर्थिक बर्ष नगरपालिकाको बजेटबाटै बनेको करिब २ सय मिटर ट्रक सहितको कलभट्र भत्काउन नगरपालिकाले स्काईभेटर पढाएको भनेर । स्थानिय अचमीत परे !

नगरपालिकाले २ र ७ जोड्ने गहने खोलामा कलभट्र निर्माण गरेको थियो । एक जना २ नम्बर वडा तिरका स्थानिय भन्दै थिए पहिलो पटक गाऊमा सबै भन्दा धेरै बजेट १५ लाखमा बनेको बिकास निर्माण पनि एक बर्ष भन्दा धेरै नरहने भयो ।

बराहक्षेत्र नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बजेटबाट निर्माण भएको कलभट वराहक्षेत्र नगरपालिकाले नै आफै भत्काएको छ । वराहक्षेत्र नगरपालिकाको वडा नं २ र ७ जोड्ने गहने खोलामा लगाएको कल्भट वराहक्षेत्र नगरपालिकाको स्काईभेटर नै भत्काउन सुरु गरेको हो ।

नगरपालिकाले बिनियोजन गरेको १५ लाख रकमबाट उपभोक्ता समिति बनाएर निर्माण गरिएको सडकको सहितको कलभटले खोलाको गति नै परिबर्तन गरेको छ । नगरपालिकाको प्राबिधिकको गम्भीर तृष्टि र जनप्रतिनिधिहरुले चासो नदेखाउदा कलभट निर्माणको कारण नम्बरी खेतमा असर परे पछि उपभोक्ताहरु असन्तुष्ट बने पनि नगरपालिका कल्भट्र सहित ट्राक भत्काउन बाध्य बनेको हो ।

नगरपालिकाले कल्भट्र निर्माण गर्दा बर्षाको समयमा उर्लेर आउने खोलालाई नियन्त्रण गर्ने नाममा निकास दिन नसक्दा वराहक्षेत्र -७ का ज्ञानबहादुर लिम्बू लगाएको खेतियोग्य जमिनमा बालुवा सहितको भेल पस्दा गत बर्ष उत्पादनमै रास आए पछि असन्तुष्ट जनाउदै उनिहरुले नगरपालिकामा निवेदन दिएका थिए । कलभट्र निर्माण गर्दा नगरपालिकाले सरोकारबाला खेतधनिहरुसंग छलफल नै नगरी निर्माण गरेको आरोप लिम्बू लगाएका उपभोक्ताहरुले लगाउदै आएका छन् । उपभोक्ता समिति बनाउदा नगरपालिकाले जानकारी नै नदिई लपारबाहि गरेको र निर्माण गर्दा उपभोक्ता समितिले हामिलाई खवर नै नरेको लिम्बू बताउछन् ।
निर्मांण कार्य सम्पन्न भए पछि लिम्बू लगाएको पिढि बनेका उपभोक्ता पटक -पटकको आग्रह पछि नगरपालिकाले गएको बर्ष निर्माण भएको भौतिक संरचना भत्काउने निधो गर्दै स्काईभेटर पढाएको थियो ।

निर्माण भएको कलभट्र र भोतिक संरचना भत्काउन नगरपालिकाकै को १ ग १४७ नम्बरको स्काईभेटर आए पछि कलभट्र निर्माणको कार्यवाट लाभ लिईरहेका स्थानीय र केही खेतिबालहरु आश्चर्यमा परेका छन् । राज्यको लगानिबाट निर्माण भएको भौतिक संरचना नभत्काई निकास दिनु पर्ने उनिहरुको माग रहेको छ । राज्यको रकमबाट निर्माण भएको कलभट आफै नै भत्काउनु लाजमर्दो कुरा भएको स्थानिय वराहक्षेत्र – २ का चन्द्र राई बताउछन् । दुबै तर्फका उपभोक्तालाई बिश्वासमा लिएर निकास तर्फ लैजानु पर्ने बेलामा नगरपालिकाको भत्काउने कार्य गलत र हेपाहा प्रबिति रहेको राईको भनाई छ ।

निर्माण गर्दा नगरपालिकाको लापरबाहीका कारण हाल दुई तर्फ असम्झारी बढ्न थालेको छ । कलभट निर्माण गर्दा बनाएको ट्रकको कारण कलभटबाट उत्तर तिर बर्षामा खेतमा पानी पर्न पाएको थिए । भन्ने कलभटको तल्लो भाग अर्थात दक्षिणतिर उर्लिदो भेल पस्दा खेतमा क्षति पुगेको थियो । भन्ने निर्माण सम्पन्न कल्भट निर्माण गर्दा बढाएको ढ्याम अर्थात ट्राक भत्काउने नगरपालिकाको निर्णयको कारण कलभटबाट मास्तिर अर्थार उत्तर तिर बर्षामा खेतमा पानि पस्ने सम्भावना बढेको छ ।

निर्माणकालागि नगरले गठन गरेको निर्माणका उपभोक्ता समितिका अध्यक्ष अर्बिन धामि नगरको स्टमेट अनुसार काम गरेको दाबि गर्छन् । प्राबिधिकको सल्लाह बमोजिम काम गरेको अध्यक्ष धामी बताउँछन । उनी भन्छन् चैत्र, बैसाख देखि काम सुरु भयो । नगरको १५ लाखको योजना भए पनि पछि वर्षा सुरु भएका कारण ११ लाखको मात्र काम गरेका थियौं । बाकि रकम फ्रिज भएको थियो ।

कलभट निर्माण भए पछि गहने खोलाले कृषकको खेति योग्य जमिनमा भेल पसेको निवेदनको आधारमा कल्भट सम्म पुग्न बनाईएको बाटो भतकाएकाले कलभट पुरिएको वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए । “खेति योग्य जमिनमा खोला पसेपछि अब खोलालाई उचित व्यवस्थापन गर्ने मर्मत सम्वार गरिने वडा नं ७ का अध्यक्ष विरवहादुर लिम्बूले बताए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap