वराहक्षेत्र : जन नायक बिपी कोईरालाको ३९ अौं स्मृती दिवशरको अवशरमा वराहक्षेत्र नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडा सम्पर्क कार्यलय उद्घाटन तथा तरुण दलद्बारा वृहत् सरसफाइ कार्यक्रम गरेको छ ।

बुधवार स्मृती दिवशरको अवशरमा नेपाली कांगेस वडा नं १ कार्य समितिले सम्पर्क कार्यलयको उद्घाटन तथा नेपाल तरुण दल वडा नं १ कार्य समितिले सरसफाइ कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेस वडा नं १ का सभापति ईश्वर थापाले बताए ।

१४ औ महाधिवेशन र स्थानीय तहको निर्वाचनलाई केन्द्रीय गरेर वर्स स्टेनमा स्थापना गरेको पार्टीको सम्पर्क कार्यलय नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठ , नगर सभापति नारायण प्रसाद नेपालले उद्घाटन गरेका थिए ।

वडा सभापति ईश्वर थापाको सभाध्यक्षमा आयोजना भएको उद्घाटन कार्यक्रममा श्रेष्ठ र नेपालले संयुक्तरूपमा रिवन काटेर कार्यलयको उद्बघाटन गरेका थिए । कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सदस्य दिपेशजंग बस्नेत , नेपाली कांग्रेस महिला बवभाग केन्द्रीय सदस्य ममता तामाङ्ग , नेपाली कांग्रेस क्षेत्रिय सदस्य लक्ष्मी मालाकार , संन्तोष साह, नेपाल तरुण दल जिल्ला सदस्य संन्देस श्रेष्ठ , अजित राई, प्रकाश राई , नेपाल तरुण दल क्षेत्रिय सभापति उदय ठटाल , नेपाल तरुण दल क्षेत्रिय उप( सभापति युवराज श्रेष्ठ , शिक्षक संघ वराहक्षेत्र सभापति कृष्ण गुरागाई, नेपाल तरुण दल वराहक्षेत्र उप( सभापति साजन राई , शिक्षा बित्र पबवत्रा राई , वराहक्षेत्र तरुण दल संस्थापक सभापति ज्ञानु लामा , युबा नेता सुरेन राई लगाएका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जन(निर्वाचित प्रधानमन्त्री समेत रहेका स्वर्णीय कोइरालाको जन्म जयन्तीको अवशरमै नेपाल तरुण दल वराहक्षेत्र (१ नम्बर वडा कार्य समितिले बृहत् सरसफाइ कार्यक्रमको आयोजना समेत गरेको छ ।
बस स्टेनबाट सुरु भएको सरसफाइ कार्यक्रम डिल्ली चौकहुदै प्रसिद्ध तिर्थ स्थल अौलिया बाबा धाम परिषदमा पुगेको थियो ।
प्रजातन्त्र स्थापना गर्न उदेश्य लिएर २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी २००७ सालमा क्रान्ति सफल पार्ने बिपिले नेतित्व गरेको र विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका बिपिले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपिको सम्झमामा सरसफाइ आयोजना गरेको नेपाली कांग्रेस जिल्ला सदस्य दिपेश बस्नेतले बताए ।

उनले भन्ने प्रधानमन्त्रीत्वकालमा बिपिले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएर जनप्रिय नेताहरुमा आफुलाई स्थापित गराएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका बिपिमो जिवनी र सिद्धान्तलाई आत्मसाथ गर्दै कांग्रेस एक हुनु पर्ने जिल्ला सदस्य बस्नेतले बताए ।

सरसफाइ पछि आयोजना भएको औपचारिक कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सदस्यद्बय अजित राई र प्रकाश राईले ओलिया बाबा धामा , ट्याम्पुु वसायी संघलाई सरसफाइका साम्रागी समेत प्रधान गरेका थिए । वडा नं १ का तरुण सभापति पबिन राईको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस वराहक्षेत्र सभापति नारायण नेपाल, महाधिवेशन प्रतिनिधि तथा वडाध्यक्ष सुरेश श्रेष्ठ , वडा सभापति ईश्वर थापा , महिला बिभाग सदस्य ममता तामाङ्ग , जिल्ला सदस्य दिपेसजंग बस्नेत , दलित संघ क्षेत्रिय सभापति उदय ठटाल , शिक्षक संघ वराहक्षेत्र सभापति कृष्ण गुरागाइ लगाएतले जन( नायक बि।पि। कोईरालाको राजनैतिक जीवनको चर्चा गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap