वराहक्षेत्र (संगम बिष्ट)।  सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पूर्ण निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्प त्यसपछि हरेक वर्षाको समयमा कोशीको वेगले कुण्ड पश्चिम तिरको जमिन धस्सिन थाले पछि कुण्डको आधामा क्षति भएको थियो ।

मन्दिर दर्शन आउने पर्यटनका लागि तस्बिरमा खिच्ने, बिश्राम गर्नेसंगै रसा तलमा डुब्न लागेको पृथ्वीलाई बँदेल रुप धारण गरि वराह भगबानले सुढोबाट जोखाएको मुर्ति रहेको वराह कुण्डको जिर्णद्बार तथा आदा भाग पुनर्निर्माणको काम वराहक्षेत्र संरक्षण मञ्चले सुरु गरेको छ ।
संरक्षण मञ्च मार्फत नै २०६५ सालमा निर्माण भएको कुण्डको संरक्षण मञ्चले नै पुन निर्माण थालेको सचिब राजु घिमिरेले बताए । वराहक्षेत्र धामलाई धर्तिको पहिलो धामको रुपमा रहेको पृष्ठ गर्ने वराह कुण्डको पुन निर्माणमा २० लाख लाग्ने अनुमान गरेको सचिब घिमिरेले बताए । मञ्चको आन्तरिक स्रोतबाट निर्माण हुने कुण्डको पुरानो रुप परिवर्तन नगरी जोखिमवाट बचाउन र सुरक्षित बनाईने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x