धरान, १६ कार्तिक। धरान १४ पिण्डेश्वरमा अवस्थित श्री पिण्डेश्वर आधारभुत विद्यालयको सेवा क्षेत्र स्तरिय भेलाको बैठक तथा विद्यालय पुर्नस्थापना सञ्चालन सम्बन्धी विचार गोष्ठी गत कार्तिक १३ गते सम्पन्न भएको छ । २०५९ साल देखि बाल विकास कक्षा र कक्षा १ सञ्चालन हुदै आएको सो विद्यालयले २०६६ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय सुनसरीबाट कक्षा १ को पठन पाठन सञ्चालन गर्ने तत्कालिन धरान नगरपालिकाबाट २०६३ साल देखि बाल विकास कक्षा सञ्चालन गर्ने अनुमती प्राप्त गरेको थियो ।


२०७३ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय सुनसरीले विद्यालयमा कार्यरत शिक्षक मनकुमारी भट्टाराई दाहालले आफुलाई घर पायक सरुवा गराउ विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई विद्यालयमा विद्यार्थी नभएको भनी आफुलाई सरुवा गरी दिन भनी दिएको निवेदनका आधारमा बाल विकास सहयोगी कार्यकर्ताको सरुवा हुने नियममा व्यवस्था नै नहुदा पनि शिक्ष्ँक दरबन्दी कटौती गरी जनता माध्यमिक विद्यालयमा सरुवा गरी अनुमती प्राप्त विद्यालयको अभिलेखबाट विद्यालयको नाम समेत हटाए पछि त्यहा“ विद्यालय सञ्चालन गर्ने वा विद्यालयले भोग गरेको जग्गा भवन अन्य प्रयोजनका लागि प्रयोग गर्ने भन्ने विषयमा स्थानीय सरोकारवालाहरु बिच मत मतान्तर हुदै आएको थियो ।
विद्यालय संस्थापक पक्षले भने जिल्ला शिक्षा कार्यालयले बाल विकास शिक्ष्ँकको दरबन्दी कटौती गरी विद्यालयलाई अनुमतीको अभिलेखबाट हटाए पनि सामुदायिक विद्यालय सञ्चालनका लागि पछि जग्गा व्यवस्थापन वा निर्माण गरेको भौतिक संरचना प्राप्त गर्न गारो पर्ने हुदा विद्यालयको सम्पक्ति विद्यालयकै लागि राख्न विद्यालयलाई निरन्तरता दिन निजि श्रोतबाट २०७३ साल देखि बाल विकास कक्ष्ाँको सञ्चालन गर्दै आएको बाल विकास केन्द्रको अनुमतीका लागि सम्पूर्ण कागजात प्रक्रिया पु¥याएर २०७७ सालमा धरान उपमहानगरपालिकामा आवेदन पेश गरेको भएता पनि विद्यालय विरोधीहरु र कर्मचारीहरु चलखेलका कारण अनुमती प्राप्त गर्न नसकेको विचार गोष्ठीमा विद्यालयको गतिविधि एवंम विषयवस्तुबारे प्रकाश पार्ने क्रममा विद्यालयको संस्थापक लोकराज निरौलाले बताएका थिए ।


विद्यालय व्यवस्थापन तथा निर्माण समितिका कार्यबाहक अध्यक्ष्ँ कृष्ण कुमार राईको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेकपा एमाले धरान उपमहानगर कमिटि अध्यक्ष नारयण प्रसाद सुवेदी, एर्का अध्यक्ष हर्कजङ्ग एभेङ लिम्बु नेकपा क्रान्तिकारी माओवादी धरान उपमहानगर कमिटिका सचिव पारसमणी सुब्बा नेकपा एमाले १४ नं. वडा अध्यक्ष सूर्य प्रसाद पोख्रेल टोल विकास संस्थाकी उपाध्यक्ष डम्बर कुमारी देवान निराजन वस्ती कल्याण समाजका खगेन्द्र राई लगायतले विद्यालयमा सञ्चालन भएको स्थानमा विद्यालय नै सञ्चालन हुनु पर्ने र विद्यालयको अचल तथा भौतिक सम्पत्ति संरचना सम्पत्तिहरु सामुदायिक विद्यालयको सम्पत्तिको रुपमा संरक्ष्ँण गरी विद्यालयलाई विधिवत निरन्तरता दिन आफ्नो क्ष्ँेत्रबाट सहयोग पु¥याउने विचार व्यक्त गरेका थिए ।


भेलाको बैठकले विद्यालयको भौतिक संरचना सम्पत्ति संरक्षण निर्माण गर्न विद्यालयलाई बैधानिक विधिवत सञ्चालनमा ल्याउन साधन श्रोत जुटाउने उद्देश्यले धरान १४,१५ र ३ को प्रतिनिधित्व हुने गरी गौरब राईको अध्यक्षतामा १९ सदस्सीय विद्यालय व्यवस्थापन तथा निर्माण समितिको गठन समेत गरेको छ । समितिको उपाध्यक्षमा खगेन्द्र राई, डम्बर कुमारी देवान सचिवमा लोकराज निरौला सह–सचिवमा सावित्री विश्वकर्मा कोषाध्यक्षमा रामबहादुर पौडेल चयन भएका छन ।


सदस्यहरुमा नविन लिम्बु, रमेश परियार, रेखा राई, कला घिमिरे, पासाङ तामाङ, मुन्नी बस्नेत, दिल बहादुर तामाङ, सुनिता लिम्बु, रेणु पौडेल, मन्त्री बहादुर खड्का, कमल वि.क. सल्लाहकारहरुमाा कृष्ण कुमार राई, सूर्यप्रसाद पोख्रेल, नर बहादुर लिङ्थेब, लाल बहादुर राई, निमा आर.वि. लामा, पूर्ण बहादुर विश्वकर्मा, शसि थापा सुब्बा, चन्द्र उदास रहेका छन । बैठकले आर्थिक श्रोत जुटाउन तिहार पर्वको अवसरमा परम्परा गत भेटघाटको रुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x