काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठनबारे छलफल भएको छ । सरकारबाट कम्तिमा तीन सदस्यीय वार्ता टोली गठनको तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल या परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमध्ये एकको नेतृत्वमा वार्ता टोली गठन हुनेछ । टोलीमा खानेपानीमन्त्री मणि थापा समेत रहनेछन् ।

यसैगरी, विप्लव समूहले पोलिटब्युरो सदस्य चिरन पुन, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलासहितको टोली गठन गर्ने बुझिएको छ ।
आजको क्याबिनेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बिफिङ गरेका थिए । उनले ढुक्क भएर चुनावको तयारीमा लाग्न भने ।
बैठकमा विप्लवसँग वार्ताको तयारीबारे पनि प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए ।(तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap