धरान, २३ कार्तिक। विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ।झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो।झडपमा चौकीदार गुरुङ र नाइकेहरू घौते भएकाछन्।घाइते भएका नाइकेहरु मा शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेकाछन् ।कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको जनाइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।
थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखिएकोछ ।उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x