पुष २२। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न निषेध गरिएको छ ।

सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् ।कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको जनाइएको छ ।

टेनिस खेल्नका लागि अष्ट्रेलिया सरकारले छुट दिएको भोलिपल्ट जोकोभिकले त्यहाँको यात्रा गरेका थिए ।उनलाई कयौं घण्टा विमानस्थलमा राखियो ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानूनभन्दा माथि कोही नभएकाले उनलाई निर्वासित गरिने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x