धरान । नेपालमा भर्तीको नाममा मात्र नभई भ्रष्टचारजन्य गतिविधि हरेक क्षेत्रमा तलदेखि माथिसम्म हुने गर्छ । भर्तीको नाममा दलालहरुको बिगबिगी बढिरहेको छ । छनौट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी भएता पनि प्रत्येक वर्ष सयौैं सोझासाझाहरुलाई दलालहरुले विभिन्न प्रलोभन देखाएर ठग्ने गर्छन् । यस्तो किसिमको गतिविधिहरुको अन्त्य गर्नका लागि धरानमा पहिलो पटक गोर्खा कम्पनी ट्रेनिङ सेण्टरले उदाहरणीय काम गरेको छ, भन्दा फरक नपर्ला । धरान १८ रत्नचौक स्थित सञ्चालनमा रहेकोे गोर्खा कम्पनी टे«निङ सेन्टरले गत माघ १८ गते पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । पत्रकारिता पुरस्कार स्थापना गरेको एक महिना नबित्दै पुनः शुक्रबार पुरस्कार राशि थप भएको गोर्खा कम्पनी टे«निङ सेन्टरले जानकारी गराएको छ ।

गोर्खा भर्तिको नाममा ठगी गर्ने दलालहरुको भण्डाफोर गर्ने उद्देश्यले स्थापना गरिएको वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि वृद्धि भएको हो । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि नगद २० हजारबाट ५० हजार रुपैयाँ र वीर नवप्रतिभा पत्रकारिता पुरस्कारको नगद १५ हजारबाट २० हजार रुपैयाँ पुर्याईएको छ ।

सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राईले वीर गोर्खा पत्रकारिता पुरस्कारको राशिमा ३० हजार रुपैयाँ र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारमा ५ हजार रुपैयाँ थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ब्रिटिस आर्मीका कप्रोल मण्डल थेवेले ३० हजार रुपैयाँ र बराईन आर्मी मबिन राईले ५ हजार रुपैयाँ थप गरेको हो । गोर्खा भर्तिमा लगाइदिने भन्दै सोझासाझा युवाहरुलाई ठगि गर्नेहरु विरुद्ध कलम चलाउने, ब्रिटिश आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने, गोर्खाको ईतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुको सम्मानस्वरुप पत्रकारिता पुरस्कार स्थापना गरिएको राईले बताउनुभयो ।

प्रेस युनियन धरान समितिसँग सहकार्य गरेर दुबै विधाका पत्रकारिता पुरस्कार हरेक वर्षको पहिलो दिन नेपाली नयाँ वर्षमा दुई जना पत्रकारलाई दिईनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x