पुष १९। यहि मिति २०७८ साल पुष २४ गते ,सनिवार धरानको पब्लिक हाइ स्कुलमा हुन लागेको ” मनोरञ्जन धमाका २०२२”मा ‘शप अर्डर’ डेलिवरि पार्टनर’ रहेको छ। शप अर्डरमा शप गर्ने पहिलो ७० जनाले सो कार्यक्रमको रु २०० पर्ने टिकट पास पाउने भएको शप अर्डरका सचिव रेमन लिम्बुले एभरेष्ट डेलीसंगको कुराकानीमा बताउनु भयो।

शप अर्डरले धरानभरि खाद्यान्न,लत्ताकपडा लगायतको सामान अनलाइन मार्फत होम डेलिभरी गर्दै आएको छ।धराने युवाद्वारा संचालन गरिएको उक्त व्यवसायले अहिले धरानमा निक्कै लोकप्रियता कमाउदै आएको देखिन्छ।

आउदो सनिबार हुने “मनोरञ्जन धमाका २०२२”मा राष्ट्रिय कलाकार रचना रिमाल,अश्मिता अधिकारी र एकदेव लिम्बु आउने भएका छन्।सो कार्यक्रममा सित्तैमा सहभागी हुनकालागि शप अर्डरमा सामान लिए पुग्ने बताइएको छ। शप अर्डरबाट केहि एक सामान खरिद गरे त्यस बापत कन्सर्टको टिकट पाइने भएको छ। यो सुविधा भने सिमित रहेको अध्यक्ष्य सुमन लिम्बुले बताउनु भयो। प्रथम ७० जनाले उक्त टिकट पाउने व्यवस्था रहेको जनाइको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x