धरान । धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो ।

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ११ ग्राम ब्राउन सुगर पनि प्रहरीले वरामद गरेको छ । यो ठुलो मात्राको ब्राउन सुगर हो ।

चारै जना ब्राउन सुगर सेवन गर्न भेला भएको अवस्थामा पक्राउ परेका हुन् । उक्त घर विधान आले मगरको हो । उनी आफ्नो बाजेसँग त्यहाँ बस्ने गरेको डिएसपी बस्नेतले जानकारी दिए । पक्राउ परेकामध्ये मनुषा र विधान कारोबारी भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘११ ग्राम मात्राको हिसाबले निक्कै हो । ९ मिलिग्राम बराबर १ डोज हुन्छ,’डिएसपी बस्नेतले भने,’प्रारम्भिक अनुसन्धानको क्रममा नै छौं । आज म्याद थप गरेर डिटेल अनुसन्धान गछौं ।’

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap