विश्व कोरोना भाईस को दोस्रो लहर ले आक्रन्त छ। अहिले नेपाल कोरोना भाईसको उच्च संक्रमण को सातौ जोखिम देशमा पर्दछ। नेपाल सरकार ले निषेधाज्ञा घोषणा गरी सकेको छ। दिनमा ९ हजार भन्दा बढी संक्रमित थपी रहेको छ दैनिक १६० जना कोरोना बाट मृत्यु भै रहेको छ।
संक्रमित बाट मृत्यु हुने हरु लाई विश्व स्वास्थ्य संगठन ले मानव बस्ती बाट टाढा लगेर माटो ले पुर्ने गरेको थियो। अहिले नेपाल सरकार ले आफ्नो जात धर्म अनुसार जलाउने गाड्ने अनुमती दिए सगै बैशाख १६ गते धरान ३ को संक्रमित को मृत्यु पछि लास लाई खत्रीधारा दाह स्थलमा सरोकार वाला र लास जलाउने कर्मचारी लाई बिना जानकारी ल्याएर जलाई सके पछि मात्र संक्रमित को लास भन्ने जानकारी भयो। उक्त कर्मचारी ले बिना पि पि बिना पन्जा कुनै स्वास्थ्य प्रोटकल बिना जलाए पछि स्थानीय र खत्री बम खाने पानी संस्थाको मुहान सरसफाई गर्ने कर्मचारी पनि भएको ले उ गाउँ भरी हिडुल गरे पछि स्थानीय आक्रोसित भएको हो।


खत्रीधारा दाह स्थल ६०० घर धुरी ले पिउने पानी को मुहान सगै भएको ले पनि र त्यहा खाने पानी को धारा भएको ले दिनमा १०० जना व्यक्ति पानी भर्न को लागि जानेगरेका छ्न त्यस्तो ठाउमा संक्रमित को लास जलाउदा असर हुन्छ कि हुदैन तपाईं आफै मन्न गर्नुस। यो शवदाह मानव बस्ती देखि नजिक पनि रहेको छ मानिस त्रासमा छ। एम्बुलेस देख्न साथ यहाँ का बच्चाहरु कालिन्छ आतिन थालेको छ बृद्वाहरु खाना खान छाडेका छ्न। एउटा संक्रमित को लास लाई व्यावस्थापन गरेर हजारौ लाई त्रासमुक्त गरौ भन्दा कसरी मानविय हराएको सहर को मान्छे भयौ ? माहामारी ले धनी गरिव ठूलो सानो भन्दैन भोलि मेरो घरमा पनि यो समस्या पर्छ त्यसैको लागि त बिकल्प खोजौ भनिएको हो।


स्थानीय सरकार र झिगु समाज को गल्ती को कारण यो समस्या उत्पन्न भएको हो स्थानीय सरकार ले खत्रीधारा दाह स्थलमा संक्रमित को लास जलाउने निर्णय गर्दा स्थानिय र सरोकारवाला हरु संग सल्लाह गरेर स्थानीय को सल्लाह लाई मन्न गरेको भए पनि यो स्थीती आउने थिएन। उल्टै स्थानीय सरकार को जवाफ नडराउनु केही हुदैन हामी ले निर्णय गरिसकेका छौ। डाक्टर को भनाई छ मरेको बाट १०% मात्र सर्ने चान्स हुन्छ सर्दैन यो जवाफ ले पनि स्थानीय आक्रोशित भएको हो।
आज त लास माथी राजनिती करण गर्न खोजियो धार्मिक दण्द्व तिर लगियो जातीय प्रतिसोध तिर लगियो। बर्षौ देखि सुकुम्बासी लाई राजनिती हतियार बानाए आज माहामारीमा पनि सुकुम्बासी लाई बलिको बोका नबनाईयोस। हाम्रो खाने पानी को मुहानमा संक्रमित को लास नलगियोस भन्दा मानवता हराएको सहर सुकुम्बासी को हर्कत यस्तै हो भन्ने हरु को पानी को मुहान मा संक्रमित को लास जलाउन आउदै छौ अब तिमी के भन्छौ ?


स्थानीय ले बिकल्प खोजौ खाने पानी को मुहान हो । बाल बच्चा बुढा पाका मा साइकोलोजीकल मानसिक असर पर्‍यो भन्दा केही व्यक्तिहरु ले धरान शहर कै खिल्ली उडाउए। तिम्रो घर को बाल बच्चा र बुढा पाका मानसिक तनाव ले ग्रसित हुदा तिमी के गर्थ्यौ ?


बिकल्प स्थान हरु छ्न सेउती खोला पुछार सर्दुखोला पुछार चारकोशे जंगल एरिया मा विशेष रुपमा कोभिट दाह स्थल निर्माण गरेर भोली त्यो स्थल ऐतिहासिक स्थल पनि बन्न सक्छ। भोलि धरान को एन्टीक ठाउँ बन्न सक्छ। स्थानीय को कुरा यो हो बिकल्प खोजौ तर यहाँ राजनिती, धार्मिक, जातिय प्रतिसोध राखेर सम्बन्धीत निकाय नै अगाडि बढेको देख्दा चाहिँ अबरोध गर्न पनि स्थानीय बाध्य हुनु पर्छ कि जस्तो आभास हुन्छ।


आदणीय नेपाली दाजु भाइ दिदी बहिनी मा अनुरोध छ भ्रममा नपरी दिनु होला अबरोध गरिएको छैन मात्र सुरक्षा प्रोटकल अपनाईयोस र बिकल्प खोजियोस भन्दा राजनिती करण गरियो। स्थानीय सरकार को हेपाहा निती, झिगु समाज को समन्वयको कमी र केही जातीवादी हरु को चलखेको को कारण गलत प्रचार भएको मात्र हो। स्थानीय सरकार संग बिकल्प खोज्न अजै आग्रह गर्दछौ। हामी हाम्रो संस्कार धर्म प्रती गम्भीर छौ कोहि कोभिट बाट ज्यान गुमाउन नपरोस हामी सबै मिलेर कोरोना लाई परास्त गरौ। संक्रमण बाट मृत्यु हुने हरु मा हार्दिक श्रद्वान्जली !

📝रोहित राई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap