धराान : संखुवासभामा अफिमसहित एक जना वृद्ध पक्राउ परेका छन् ।

खाँदवारी नगरपालिका ७ का ६९ बर्षीय जय चापागाई अफिमसहित पक्राउ परेका हुन् । उनलाई हिजो शुक्रबार दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले घरबाटै पक्राउ गरेको हो ।

उनको साथमा लागुऔषध भएको बिशेष सुचना पाएपछि प्रहरीले चापागाईको घरमा छापा मारेको थियो । उनको घरमा लुकाई राखेको २०४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चापागाईमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x