इटहरी (तेजबहादुर बन)। झण्डै समयको ३ बजेको थीयो इटहरी ४ भेटघाट चौकस्थित केहि युवा र पाका ब्याक्तिहरू एक चिया पसलमा देशको बिद्ममान स्थिती र इटहरीको बिकास बारे कुराकानि गरिरहेका थीए । त्यतिकैमा खरानी कलरको एक कार आयो र कार भित्रबाट एक जना भद्र ब्याक्ति बाहिर निस्किए । सेतो सर्ट ,माथीबाट कालो रंगको स्टाकोट त्यहि माथी फुल कोर्ट ,र निलो पाइन्ट संगै कालो जुत्ता हसिलो अनुहार परेका ति ब्याक्तिले सबैलाइ नमस्कार गर्दै मन्द मुस्कान दिए । ति ब्याक्तिलाइ देखेर चिया पसलमा रहेका अधिकांस युवाहरू अचम्ममा परे र उनको गुनगान गर्न थाले १ तिमि त ७ वर्ष अघाडी यहि चौकमा मन्टेस्वरी सञ्चालन गर्न मान्छे हैनौ ?एक युवाले प्रश्न गरिरहदा उनले सहजै उत्तर फर्काए हो म त्यहि मान्छे हु ।

सबैजना संग छिट्टै घुलमुलिने ,मिजासिलो ब्यवहार बोलिले जस्तैलाइ पनि छिट्टै प्रभावित गर्न सक्ने ति अरू कोहि नभएर त्यहि गाउमा बसोबार गर्ने मिलन राइ जजल थिए । उनले सुरूवाती समयमा मन्टेस्वरी शिक्षा स्थापनाका लागि कसैले सहयोग नगर्दा पाएको पिडा र जिवनमा एक्लैले गरेको संघर्ष अनी भोगाइका कथाहरू यसरी ब्यक्त गर्छन ।

समयलाइ चिनेर संघर्ष गर्न सके मानिसको परिचय मात्र हैन भाग्य पनि बदलिन्छ भन्ने नेपाली भनाइलाइ ब्यवहारमा उतार्न सफल इटहरीका मिलन राइ जलको दैनिकि अहिले फेरीएको छ । १० वर्ष अघि काठमाण्डौको सडकमा सामान्य रिक्सा चलाएर जिविकोपार्जन गर्ने उहि मिलन हाल आफै चिल्लो कार चढेर हिडने भएका छन ।

हिजोको दिनमा दुखः र अभावको चाङलाइ आत्मसाथ गर्दै निरन्तर संघर्ष र कडा मेहनत पछि १० वर्षको दौरानमा आइपुग्दा सफलताको शिखर चुम्न सफल भएका छन । ७ वर्ष अघि इटहरीको भेटघाट चौकमा मन्टेस्वरी स्थापना गर्न कसैले सहयोग नगरेपछि आफैले दुख गरेर किनेको मोटरसाइकल बेचेर उनले शिक्षामा पहिलो पटक लगानी गरेको सुनाउछन ।

बिक्रम सम्वत २०५१ साल असार २९ गते मोरङको पथरीमा जन्मिएका मिलन बाल्यकाल देखि नै शिक्षा क्षेत्रमा अब्बल रहेका थीए । बिद्यालयले आयोजना गरेको प्रत्येक खेलकुद लगायत अन्य कृयाकलापहरूमा प्रथम स्थान हाशिल गर्थे । स्थानीय दुर्गा मावीबाट एस्एलसी दिएर पथरीकै पञ्चायत उच्च मावीमा अंग्रेजी माध्यमबाट ब्यवस्थापन बिषय लिएर अध्यन सुरू गरेका उनले शिक्षा क्षेत्रलाइ नै प्रमुख ब्यवसायको रूपमा अंगाले ।

बाल्यकालमै कर्म दिने बाबा जंग प्रशाद राइलाइ गुमाएपछि परिवारको जिम्मेवार काधमा आएको र सानै उमेर देखि ब्यवसाय सुरू गरेको बताउछन । स्कुल पढी सकेर त्यो बेला आवस्यकिय कुरा चटपटे , बालबालिकालाइ मन पर्ने खाना खाजा, खेलौना, गुडीयाहरू बिक्री गरेरै आफ्नो पढाइ खर्च निकाल्ने गरेका थीए ।

परिवार आर्थिक संकटकै कारण दैनिक खस्किदै जादा जन्मदिने आमा गंगा माया सुनुवार धन कमाउने सपना सहित बैदेशिक राजगारकालागि खाडि मुलुक गएपछि मिलनको परिवारमा झनै संकट उत्पन्न भयो ।

कलेजको पडाइ सकेर रोजगारीकालागि काठमाण्डौ छिरेका मिलनले सपना बोकेको शहर बिरानो बनेपछि आफुले पाउनु दुख पाएको बताउछन । झण्डै एक महिना काठमाण्डौको चिसो पेटिमा भोक भोकै सुतेको र जिविको पाृजनकै लागि भारी बोक्ने कुल्ली देखि रिक्सा समेत चलाएर समय ब्यतित गरेको तितो यथार्थ सुनाउछन ।

अरूले काठमाण्डौ बसेर कमाएको देखेर आफुपनि पैसै कमाउन भनी काठमाण्डौ छिरेका मिलनलाइ बिरानो शहरले पत्याएन करीब १ वर्षको बसाइलाइ बिट मार्दै जन्म घर फर्किए र त्यतै संघर्ष सुरू गरे । ग्रामिण क्षेत्रमा बसोबास रहेका कारण सोचे जस्तो प्रगति नदेखे पछि मिलनको परिवार २०६९ सालमा इटहरी आइ बसोबास सुरू गरे । इटहरीलाइ कर्मथलो बनाउदै गर्दा उनले थुप्रै चुनौतिको सामना गर्नु परेको मिलन सुनाउछन । शैक्षिक गतिविधिलाइ नजिकबाट नियालेका मिलनले अन्तत २०७० सालमा इटहरीको भेटघाट चौकमा नेशनल स्टार मन्टेश्वरी स्कुलको स्थापना गरे । स्कुल स्थापना गर्नकालागि आफन्तहरूलाइ सहयोगको गुहार माग्दा कसैले नपत्याएपछि दुख गरेर किनेको मोटरसाइकल समेत बचेर लगानी गरेको सुनाउछन ।

मन्टेस्वरी संगै ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर स्थापना गरेपछि केहि समय उनलाइ इटहरीबाटै बिस्थापित गराउने सम्मको षडयन्त्र भएको सुनाउछन । बिभिन्न् धम्किहरू आउने , प्रहरी लगाउने सम्मका कार्यहरू भएको तर अन्त्यमा जित सत्यकै हुन्छ भने जस्तै उनि नडगमगाइ आफ्नो कर्ममा लागिरहे फलस्वरूप उनले स्थापना गरेको मन्टेस्वरी स्कुल अन्तराष्ट्रीय स्तरमै ख्याती कमाउन सफल भयो ।

स्थानीय ब्याक्तिको जग्गा भाडामा लिएर सञ्चालन हुदै आएको उनको मन्टेस्वरी स्कुल चाडैनै अत्याधुनिक प्रविधिबाट बनेको नया भवनमा सर्ने तरखरमा छ । हिजोको दिनमा आफै रोजगार खोज्दै काठमाण्डौको सडकमा भौतारिएका मिलन आज कम्तिमा पनि ३० जना देखि ४२ जना सम्मलाइ रोजगार दिने रोजगार दाताको रूपमा चिनिन सफल भएका छन ।पहिले दैनिकि गुजार्न धौ धौ बनेका मिलन अहिले १० करोड भन्दा माथीको मालिक बनिन सफल भएका छन ।

जिवनमा सफलता पाउदै गएपछि मिलनले मोरङको पथरीमा रहेको जग्गा जमिन मध्ये साढे ४ कट्ठा स्वर्गिय बाबा नारद राइको स्मृतिस्वरूप स्थानीय नगरपालीकालाइ स्वास्थ्य चौकि भवन र वडा कार्यालय भवन बनाउन दान समेत गरे । यहा सम्म आइपुग्दा बिभिन्न अवरोहहरू पार गर्दै चुनौतिहरूलाइ पन्छाएर अघि बढि नै रहे तसर्थ उनी हालै एसियाकै सर्वोत्कृष्ट शैक्षिक उद्ममि घोषित भए ।

उनलाइ २०२१को फेब्रुअरीमा भारतको चेन्नाइ शहरमा एक अन्तराष्ट्रिय समारोहका बीच सो अवार्ड प्रदान गरिने भएको छ । यो संग संगै उनले इन्टरनेश्नल एजुकेसन समिट अवार्ड २०२० अन्तरगत योङ डाइरेक्टर अफ दि इयरबाट सम्मानीत भएका छन भने ग्लोवल ट्रायम्फ फाउण्डेसनले आयोजना गर्ने ग्लोबल स्टार्ट अफ अवार्ड २०२१ कालागि छनौट भएका छन ।

बाल्यकाल देखि नै लगनशिलता र संघर्ष गरे जुन सुकै बिधामा पनि सफलता मिल्ने र ब्याक्तिको परिचय फेरीने मिलनको बुझाइ छ । दैनिक रोजगारको खोजिमा खाडी मुलुक प्रस्थान गर्ने लाखौ युवाहरूलाइ उनले आफ्नै देशमा नंग्रा ख्याउन अनुरोध गर्दै अथक परिश्रम गरे यहि माटोमा सुन फल्ने गतिलो उदहारण दिएका छन ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap