धरान । धरान उपमहानगरपालिका वडा नं. १५ मा अवसीथत संयुक्त अरनीको मार्गको सल्याव ग्राभेल तथा कालोपत्रे निर्माण कार्य २०७८ असार २६ गते सम्पन्न भएको छ ।

धरान उपमहानरपालिकाबाट १८ लाख स्थानिय उपभोक्ताबाट १४ लाख ३ हजार १ सय ९२ गरी जम्मा ३२ लाख ३ हजार १ सय ९२ रुपैयाको लागतमा ३ सय ५५ मिटर लम्बाई २० फुट चौडा सल्याव तथा ग्राभेल गरी कालो पत्रे निर्माण कार्य सम्पन्न गरिएको संयुक्त अरनिको मार्ग सल्याव ग्राभेल तथा कोलापत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो ।

निर्माण भएको कालोपत्रे सडकबाट ३ सय घर परिवार लाभान्दित हुने समितिको सचिव चन्द्र बहादुर कटुवालले बताउनु भएको छ । निर्माण कार्य सम्पन्न भएको अवसरमा धरान उपमहानगरपालिका योजना अधिकृत किरण भूजेल, प्राविधिक इन्द्र बस्नेत अनुगमन समितिका सदस्य गजेन्द्र लम्जेल उपभोक्ता समितिकी कोषाध्यक्ष पवित्रा लिम्बु लगायतको उपस्थिति रहेको थियो । शिक्षा, स्वास्थ्य, सचेतनताको विकास सगै भौतिक विकास निर्माणको कार्यलाई पनि प्राथमिता दिएर वडा समितिले काम गरिरहेको कुरा १५ नं. वडा अध्यक्ष नरेश कुमार इवारमले बताउनु भयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap