धरान । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको खुशियालीमा धरानमा नेपाली कांग्रेसले दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

मङ्गलबार सर्वोच्च अदालतले संसद विघटनको बद्धर गरेपछि आज (बुधबार) साँझ धरानको भानुचौकमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ धरानले दिप प्रज्वलन गरेर खुशियाली मनाएको हो । सर्वोच्च अदालतको संवैधानिक इजालासले गत पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा कांग्रेसले धरानमा दीप प्रज्ज्वलन गरेका हुन् । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलनको कार्यक्रम देशव्यापी रुपमै भईरहेको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति एवं धरानका मेयर तिलक राईले कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमको कांग्रेसले तत्काल विरोध र भत्र्सना गरेको बताउनुभयो । पार्टीको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्रीले विडम्बनापुर्ण निर्णय गरेको बताउँदै ओलीको समर्थन गरेर राष्ट्रपतिले लाल मोहर लाएर जनताको नाशोको रुपमा रहेको प्रतिनिधिसभा विघटन गरेको उहाँको भनाई थियो । जुन किसिमको आडम्ब वर्तमान प्रधानमन्त्रीमा देखियो त्यतिबेला देखिनै मुलुकमा अनिष्ट हुने संकेत देखिएको उहाँले बताउनुभयो । ‘हाम्रो पार्टीका सम्माननीय सभापति शेर बहादुर देउवा ज्यूले भन्नु भएको थियो, अबको यो कम्यूनिष्ट सरकारले हामिलाई अब हाँस्न दिने छैनन्, रुन दिने छैनन्, त्यो दिन अब हामिले त्यति लामो कुर्नुपर्ने छैन भनेर भन्नुभएको थियो’ मेयर राईले भन्नुभयो । संवैधानिक सर्वोच्चताको पछाडी नेपाली कांग्रेस सदैव रहने उहाँले विश्वास दिलाउनुभयो । उहाँले अहिलेको कम्यूनिष्ट सरकारले विभिन्न विधेयकहरु ल्याएर जनताको विरोधमा, जनताको अहिनमा र जनचाहना भन्दा विरुद्धमा गएर विभिन्न विधेयकहरु ल्याउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा सरकारले अहिलेको मुलुकलाई अभ्यासको रुपमा लान खोजिरहेको बताउँदै नौटंकीको रुपमा मुलुकलाई चलाउन खोजिरहेको थियो । मुलुकमा थुप्रै असंवैधानिक कदमहरु अगाडी बढाउन खोजिरहेको थियो ।’ कम्यूनिष्ट सरकार निरंकुश सर्वसत्तावादतर्फ उन्मुख भएको उहाँले बताउनुभयो । मुलुकमा संवैधानिक सर्वोच्चता र कानुनको राज छ भन्ने कुरा अहिलेको सर्वोच्च अदालतले हिम्मत पूर्वक फैसला गरेर देखाएको उहाँले बताउनुभयो । मेयर राईले सर्वोच्च अदालत, प्रधानन्यायधिश र उहाँका टिमलाई कोणसभामार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्रदेश १ र ३ नम्बर प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार स्थापना हुनुपर्ने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x