धरान : नेपाली कांग्रेस वराहक्षेत्रका स्थानीय नेता तथा कार्यक्रताहरुले सोमवार सर्बोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएसँगै खुशीयाली मनाइएका छन् ।

देशभरनै कांग्रेसले खुशियाली मनाईरहदा सुनसरीको वराहक्षेत्र नगरपालिका पनि चक्रघट्टी र प्रकासपुर गरेर दुई ठाउँमा कांग्रेसले दिप प्रज्वलन गरेर सर्वोच्च अदालतको निर्यणलाई स्वागत् गरेको हो ।

संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा वराहक्षेत्र ६ चक्रघट्टि स्थित बुधबारे चौकमा सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दिप प्रज्वलन गरिएका थिए । साबिक महेन्द्रनगर गाविसका कांग्रेसका नेता तथा कार्यक्रताहरु उपस्थित कार्यक्रममा सर्वोच्चले संविधान रक्षा गरेको भन्दै अदालतलाई धन्यवाद दिएका थिए । भन्ने केपि शर्मा ओलि बिरुद्ध नाराबाजि समेत गरेका थिए । सभामा बोल्दै नेपाली कांग्रेस महा( समिति सदस्य बावुराम बिष्टले आजको दिनलाई एेतिहासिक दिनको रुपमा सधै नेपालीहरुले सम्झिरहने बताए । बिष्टले भन्ने कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनाउने सर्वोच्चको फैसालले संविधान च्यात्ने ओलीलाई दरो झापड लागेको छ ।

आज सबिधानको जित भएको छ प्रतिगामिहरु पराजित भएका छन् । चक्रघट्टिको सभामा नेपाली कांग्रेस महा समिति सदस्य अनु गुरुङ, जिल्ला सदस्य शंकर बस्नेत, मुना अधिकारी , कालुराम चौधरी , सुरेन्द्र गुप्ता , क्षेत्र नं ४ सचिव रमेश कार्की, महाधिवेशन प्रतिनिधि सुशिला खनाल पौडेल, नेपाली कांग्रेस नगर सचिव खेम थापा , नगर कोषाध्यक्ष तिर्थराज भट्टराई , नेपाल आदिवासि जनजाति संघ वराहक्षेत्र सभापति मधुकर तामाङ्ग , तरुण दल सभापति पवन राई , वडा नं ६ सभापति लालबहादुर रोक्का, वडा नं ७ सभापति केशब निरौला , वडा नं ६ अध्यक्ष उद्बव पोखरेल लगाएत सयौ स्थानिय नेता तथा कार्यक्रताहरु उपस्थिति रहेको थियो ।
त्यस्तै वराहक्षेत्र १० स्थित प्रकासपुर चौकमा पनि नेपाली कांग्रेस र माअौवादी केन्द्रका नेताहरुले संयुक्तरूपमा दिप प्रज्वलन गरेर सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्वलन गरिएको छ । साबिक प्रकासपुर गाबिसका नेपाली कांग्रेस र माअौवादी केन्द्रका स्थानिय नेता तथा कार्यक्रताहरु भेला भएर खुशियाली मनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap