धरान : सामाजिक संजाल टिकटकको सकरात्मक प्रयोगकर्ता ‘नन क्वीन’ भनेर चर्चित बनेका आमाछोराले सुनसरीको वराहक्षेत्र वडा नं ९ का अति विपन्न परिवारलाई खाद्यान्य सामग्री वितरण गरेका छन्।

धरान १३ निवासी आमाछोरा भावना राई र बाबु पराजुलीले वराहक्षेत्र स्थित राजावासका ५० परिवारलाई उनीहरुले खाद्यान्य वितरण गरेको हुन्। खाद्यान्य प्याकेजमा चामल,दाल,नुन,तेल,न्युटिला र चना लगाएका खाद्यान्य वितरण गरेका हुन्। वराहक्षेत्रको यो क्षेत्र वाढिबाट जोखिम क्षेत्र हो । स्थानीयवासीहरु खाद्यान्य पाएपछि अत्याधिक खुसी भएका थिए ।

वराहक्षेत्र वडा नं ९ का वडाअध्यक्ष दिपक लिम्बु र अन्य वडा सदस्य र समाजसेवीको उपस्थित रहेको थियो । वडाअध्यक्ष लिम्बुले खाद्यान्य वितरण गरेकोमा भावनाका परिवारलाई धन्यवाद समेत दिएका थिए । कोशी कटानको जोखिममा वराहक्षेत्रको १,२,६,७,८,९,१० र ११ वडाहरु रहेको स्थानीयहरुको भनाई छ ।

भावनाले आफूलाई सकरात्मक टिकटक बनाउन र आफूले सकेको सहयोग गर्ने आफ्ना श्रीमान निश्चल पराजुलीले निकै सहयोग गर्ने गरेको बताइन्। निश्चल हाल राजश्व कार्यालयका सरकारी कर्मचारी हुन्। निश्चलले रातीको समय आफ्नो परिवारलाई दिने गरेको र परिवारको खुसीमा नै आफू रमाउने गरेको बताउँदै भने सबै दर्शकहरुले दुईजनाको अभिनयलाई अत्यधिक मन पराउनुका साथसाथै सकरात्मक टिस्पणीहरु गर्ने गर्नु भएको छ । त्यसैले मैले पनि श्रीमती र छोरालाई अझ प्रभावकारी टिकटक बनाउन हौसला दिने गरेको छु ।

हाल टिकटकमा आमाछोराको साढे ९ लाख बढी ‘फलोअर्स’ पुगेका छन् । ‘नन क्वीन’ नाम दिइएको टिकटकमा अहिले ४४.८ मिलियन लाइक्स, ९२८.७ के फलोअर छन् ।

आमा भावना र उनको छोराले सन्देशमूलक टिकटक बनाउँदै आएको र भावनाले छोराकै भविष्यको लागि सघाउँदै आएकी छिन् । ‘मनोरञ्जन त सबैलाई चाहिन्छ नै तर, अझै भन्नुपर्दा छोराको उज्ज्वल भविष्यको लागि पनि बाबुआमाले नै सघाउँदै आएका छौं ।’

उनीहरूका अधिकांश भिडियो सन्देशमूलक र कमेडी स्टाइलका छन् । आजकल टिकटक परिवारमा सबै बसेर हेर्ने नसकिने गरे पनि बनाएका हुन्छन्। तर, हामीले विशेषतः सबैजसो बालबालिका, बुढाबुढी पुस्ताले रुचाउने तरिकाले बनाइएको हुनाले पनि टिकटकमा कमेडी नै मन पराइएको पाइएको भावनाले जानकारी दिइन् ।

उनले सन्देशमूलक तथा कमेडी खालको टिकटक बनाउनाले नै आफूहरू धेरैको रोजाइमा परेको जानकारी दिए । ‘खासमा सन्देशमूलक र कमेडी नभइदिएको भए धेरैको रोजाइमा पर्दैनथियौं होला ।’ उनले भनिन्, ‘त्यही भएर हामीले दिने कन्टेनमा पनि मेन्टेन गर्दै आएका छौं, जस्तोपायो त्यस्तै, भिडियो पोष्ट गर्दैनौं ।’

भावनाको विचारमा टिकटक बहुउपयोगी हो । यसलाई सही सदुपयोग गरियो भने सामाजिकरूपमा पनि चिनिने र समाजमा केही सन्देश छर्न सकिने बताउँछिन् । ‘खासमा टिकटक बनाउने वित्तिकै चिनिहालिन्छ भन्ने पनि छैन, सही सन्देश छर्ने खालको बनाइयो भने चिनिन्छ र समाजमा पनि योगदान गर्न सकिन्छ भन्ने मेरो धारणा छ ।’ उनले भनिन् ।

भावनाले आफूहरु सकरात्कम टिकटक प्रयोगकर्ता भएको हिसाबले नेपाली टिकटक प्रयोगकर्ताहरुलाई समाजलाई केही सन्देश छर्ने,उदेश्यमूलक टिकटक भिडियो बनाउन र पोजेटिभका साथसाथै सभ्य नागरिकको परिचय पनि आग्रह गरेकी छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap