वराहक्षेत्र (संगम बिष्ट) । वराहक्षेत्रमा नेपाली कांग्रेसको टोली सक्रमितको स्वास्थ्य अवस्था बुझ्दै मनोवल वढाउन पौष्टिक तत्ब बोकेर आइसोलेशन पुगेको छ । यस अगाडि तिन पटक आइसोलेशनमा पुगेर सक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिएको टोलीले शनिवार चौथौ पटक पुगेर सक्रमितको मनोवल बढाउने प्रयास गरेको हो ।

२० दिन देखि कोरोना नियन्त्रण अभियानको रुपमा सक्रमितको घर-घर पुगेर सेनिटाइज र पौष्टिय युक्त सामाग्री बितरण गर्दै आएको टोलीले वराहक्षेत्र ७ स्थिति सप्तकोशि बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेशनमा पुगेर शनिवार १२ जना सक्रमितहरुलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानका संयोजक रमेश कार्कीले बताए ।

यस अगाडि पनि आइसोलेशनमा पुगेर पहिको पटक ७ जना , दोस्रो पटक १२ जना र तेस्रो पटक ९ जना सक्रमितलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानका आर्थिक व्यवस्थापन समेत रहेका नेपाली कांग्रेस वराहक्षेत्र ६ सह- सभापति तुलसी श्रेष्ठले जानकारी दिए ।

कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका हुन् । नगर भित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यलय, सार्बजनिक स्थान लगाएतका स्थानमा १३ दिन देखि सक्रिय टोलिले २ सय भन्दा बढि सक्रमितको घर- घरमा पुगेर सेनिटाइज समेत गरेको र यो अभियनान निरन्तर रहिरहने अभियानका सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap