धरान । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउने भएका छन् । ओबामा र उनका श्रीमती मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउन लागेका हुन् ।

उक्त फिल्मलाई जेनिफर पिडमले निर्देशन गर्नेछन्, भने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ । उक्त फिल्म सन् २००३ मा इद डग्लासले लेखेका किताब ‘तेन्जिङ स् हिरो अफ एभरेस्ट’मा आधारित हुनेछ । फिल्ममा तेन्जिङले सगरमाथा चढ्नका लागि गरेका संघर्ष, मेहनत र सफलतालाई प्रस्तुत गरिनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x