धरान : सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा हत्या गरिएका ६ जनाको शव २८ घण्टापछि प्रहरीले उठाएको छ ।

प्रहरीले ६ वटै शव जाँच प्रकृति मुचुल्का विवरण उठाएपछि शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदील जानकारी दिए ।

सङ्घीय प्रहरी इकाई कार्यालय धरानको टोली शव लिएर फर्केको हो । सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल भने घटनास्थलमै रहेका छन् । सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज पनि घटनास्थलमै छन् ।

हत्या गरिएको २४ घण्टापछि मङ्गलबार बिहानदेखि अनुसन्धान शुरु भएको हो । प्रहरीका अनुसार ६ जनाकै शवको टाउको र केहीको विभिन्न ठाउँमा चोट समेत देखिएको छ । ६ जनालाई नै टाउकामा प्रहार गरेको देखिएको छ।

सोमबार जिल्लाको मादी नगरपालिका १ स्थित उम्रिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए ।

मृत अवस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वबर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेकी छन् । परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । तेजबहादुरका दुवैछोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, दुवै छोरीको विवाह भइसकेको छ ।अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको कसैसँग दुश्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् ।

स्थानीयले घटनामा पेशेवर डाकाको संलग्नता रहेको आँकलन गर्दै आएका छन् भने प्रहरीले चिनजानकै व्यक्तिबाट घटना घटेको हुनसक्ने आँकलन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x