धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ २२ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय गरेको छ । आज १४ गते बसेको दिउँसो ३ बजे डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ( सिडियो ) उमेश कुमार ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार लकडाउन २२ गतेसम्म थपिएको हो निणंर्यको हकमा अरु कुनै त्यस्तो निर्णय परिवर्तन गरिएको छैन । लकडाउन थप कडाई पार्न र परिमाणमुखी नतिजा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेका छौ ।

२२ गते १२ बजेसम्मको लागि लकडाउन थपिएकाो छ । कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ मा भएको व्यवस्था नमान्नेलाई १ लाख देखि ५ लाख सम्म भएको र १ बर्षसम्म जरिवानाको व्यवस्था रहेको मोटरसाइलको हकमा २ हजार, अरु सवारीलाई ५ हजार जरिवाना गर्ने व्यवस्था भएको प्रजिअ ढकालले बताए ।्

मास्क नलगाई हिड्ने लाई पटकै पिछे १ सय जरिवाना र बिना काममा हिड्नेलाई २ सय जरिवाना रहेको छ भने संकटकालमा कुनै संस्था, घर,विद्यालय, एम्बुलेन्स गाडी नदिएको सन्दर्भमा प्रशासनका प्रजिअले १ लाख देखि ५ लाख सम्म जरिवाना लिने व्यवस्था रहेको अध्यादेशमा उल्लेख छ ।

नियर्णमा कुनै पनि भेला जुलुस गर्न नपाउने, राष्ट्र वाणिज्य बैंकबाट इजाजत प्राप्त बैंक बित्तिय संस्था, सहकारी र बिमा कम्पनी खोल्ने पाउने, यातायत सबै बन्द गरिने तर, पासका आधारमा तोकिएका व्यत्तिलाई छुट रहने र आवश्यक कच्चा पदार्थ बोकेका सवारी साधन निवार्ध रुपमा संचालन हुने लगायतका कुरा उल्लेख गरिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x