धरान । अनलाइनको माध्यमबाट फुड डेलिभरी र इ-कमर्शको क्षेत्रमा काम गर्दै आएको सप अर्डरले यहि माघ १ गते देखि १० गते सम्म सप अर्डर डिजिटल मेलाको आयोजना गर्ने भएको छ ।

आज धरान १० मा रहेको हाङ्गशिप क्याफेमा सप अर्डरले पत्रकार सम्मेलनको आयोजना गरि सप अर्डर डिजिटल मेला हुने जानकारी दिएको हो । सप अर्डर डिजिटल मेला अन्तर्गत विभिन्न आकर्षक अफर तथा बम्पर उपहारको व्यवस्था र फुडमा ६ देखि २० प्रतिशतसम्म छुटको सुविधा रहेको छ । मेलाको हरेक दिन स्पेशल फुड डे आयोजन हुनेछ, जस्मा एक जना लक्की विजेताले स्पेशल फुड आइटम जित्न सक्ने बताइएको छ । मेलाको अन्तिम दिन ४ जना लक्की विजेताले फुड आइटम उपहार स्वरूप प्रदान गरिने पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सप अर्डरका अध्यक्ष सुमन लिम्बूका अनुसार “सप अर्डरले आफ्नो वेभसाइट www.shoporder.com.np , मोबाइफ एप, इस्टाग्राम मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिइएको छ । यहि माध्यमबाट ग्राहकहरूले फुड आइटमहरू अर्डर गर्न सक्नेछन् । अर्डर भाैचर गरि ग्राहाकहरूले सप अर्डरसँग आबद्द जुनसुकै होटल तथा रेष्टुरेन्टबाट आफ्नो भाैचर प्रयोग गरि बिल तिर्न सक्नेछन् । फुड अर्डर ग्राहाकहरूले बिहान ११ बजे देखि बेलुका ८ बजेसम्म् गर्न सक्नेछन् ।”

May be an image of pizza and text that says 'SHOP ORDER MELA 2078 Magh 1-Magh 10 up to 20% off Win Everyday free delivery Win worth Rs 600/- Follow Us AppStore GooglePlay'
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x