धरान । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरीले तीनै तहको सरकारलाई लकडाउनको समय सिमा थप गरे सँगै जनताको आवश्यकतामा ध्यान दिएर लकडाउनलाई प्रभावकारि बनाउन ध्यनाकर्षण गराउँदै एक प्रस विज्ञप्ती निकालेको छ ।

आज मञ्चले एक विज्ञप्ती जारि सरकारले लकडाउन घोषणा गरेर जनतालाई घर भित्र सिमित गराएर मात्र यो महामारि परास्त गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । यहि लकडाउनको दौरानमा सरकारले जनताको लागि अति आवश्यकीय खाद्यन्न सामग्रीको आपुर्ति, आपतकालिन स्वास्थ्य सेवा र अन्य आपतकालिन सेवाहरुको व्यवस्थापन गर्नु पर्ने विज्ञप्तीमा माँग राखिएको छ । महामारिको मारमा मुलुक सिथिल अवस्थामा छ नै अझ बढि सिथिल त विपन्न निम्न वर्गका जनता, ज्यालादारी मजदुरहरु भएका छन उनिहरुको लागी तत्काल राहतको प्याकेज व्यवस्थापन गरिनु पर्नेमा मञ्चले जोड दिएको छ ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजम लिम्बु र सचिव निर्मल राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा लकडाउन भए देखि बजारमा व्यापक रुपमा विकृती मौलाएको छ यस प्रति तिनै तहको सरकारले ध्यान नदिएको आरोप लगाएका छन । यस प्रति तिनै तहको सरकारलाई ध्यानमा राखेर कालो बजार र बजारमा मौलाएका विभिन्न विकृतिर्ला तत्काल रोक्न कदम चाल्न आग्रह गरेका छन । यो महामारिुको परिस्थितीमा जनताको जीवनरक्षा गर्नुपने अवस्थामा सरकार अहिले सत्ता र कुर्सि रक्षामा लडाँइ गर्दै व्यस्त रहेको आरोप छ । कोभिड–१९ संक्रमणलाई रोकथा तथा नियन्त्रण गर्न भनी लगाइएको लकडाउनको निति नियम मात्र निर्माण गरेर हुँदैन यसलाई कार्यन्वयन गर्दा पर्ने असरका बैकल्पिक निकास पनि खोज गर्न आग्रह गरेका छन ।

मुलुकमा दिनानुदिन संक्रमितको संख्या वृद्धि हुनुको मुख्य कारण छिमेकि मुलुक भारतको खुल्ला सिमा नै भएको दावी गरेका छन । मञ्चले विज्ञप्ती मार्फत भनेका छन कोरोना महामारि लकडाउन र लकडाउनको निति नियम कार्यन्वय मात्र यसको निदान हैन । यसको मुख्य समस्या भनेको नेपाल भारतको खुल्ला सिमा नै भएको जिकीर गरेका छन । यो छिमेकी मुलुकसँगको खुल्ला सिमा जब सम्म ठप्प बन्द गरिदैन तव सम्म नेपालको लकडाउन कोरोना महामारिको रोकथामको विकल्प नबन्ने दावी गर्दै तत्काल नेपाल भारत सिमा ठप्प बन्द गर्न समेत माँग राखेका छन । सरकारले खुल्ला सिमाको सवालमा कुनै पनि योजना नल्याउने र खुल्ले राख्ने हो भने लकडाउनको औचित्य नरहने उनिहरुले जिकिर गरेका छन ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap