धरान । धरान–१६ स्थित नौलो बस्तीमा सर्दु खोलाले कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।

खोलाले कटान गरेको खबर पाएपछि नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा पूर्व नगर अध्यक्ष किशोर राईले कटान रोक्नकालागी तारजाली प्रदान गर्नुभएको छ । राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजाली प्रदान गर्नुभएको हो । तारजाली ग्रहण गर्दै स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद व्यक्त गर्नुभएको छ । राईले तारजालीमा ढुंगा भर्नकालागी १० हजार रुपैया नगद समेत हस्तान्तरण गर्नुभएको छ ।

तारजाली हस्तान्तरण गर्दै राईले धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । उहाँले धरानलाई वर्षायाममा खहरे खोलाहरुले अत्यन्तै दुःख दिने गरेको तथा खोला किनारका बासिन्दा सधै त्रासमा बाच्नु परेको भन्दै यसको स्थायी समाधान गर्नुपर्ने बताउनुभयो । राईले आफुले सकेको सहयोग धरानबासीकालागी सधै गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । यस अघि राईले कोरोना संक्रमणका कारण लकडाउन भएको समयमा पनि खोला किनारका विपन्न परिवारलाई राहत वितरण गर्नुका साथै औषधी उपचार समेत गरिदिनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap