धरान । धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या गरेको भन्दै नेपाल दलित संघ धरान उपमहानगर समितिले आज प्रेस विज्ञप्ती जारी गरेको छ ।
संघका धरान उपमहानगर समितिका सभापति गणेश परियारले विज्ञप्ती जारी गर्दै सो समाचारमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान फुटबल क्लबका अध्यक्ष एवं राजनैतिक, सामाजिक व्यत्तित्व किशोर राईको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने गरी विना प्रमाण समाचार प्रकाशन गरेको बताइएको छ ।
विज्ञप्तीमा भनिए अनुसार ‘कसैको उक्साहट र आर्थिक प्रलोभनमा परी अरुको सामाजिक मानमर्दन गर्दै सामाजिक प्रतिष्ठामा नै आँच आउने गरी यस्तो हर्कत गरेको’ भनिएको छ । ‘पत्रकारीताको खोल ओढेको, पेशाको धज्जी उडाउदै समाजलाई त्रसित बनाई गलत सुचना प्रवाह गरेको’ले यस्तो भ्रममा नपर्न आम सर्वसाधारणमा समति अपिल गरिएको छ । राईमाथी सर्दु जलाधारको जग्गा लिएको आरोप लगाउदै समाचार प्रकाशन भएको थियो ।

धरान फुटबल क्लबको पनि आपत्ति
उक्त समाचार प्रति धरान फुटबल क्लबले समेत आपत्ति जनाएको छ । आज धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले विज्ञप्ती जारी गर्दै एन्फाका मानार्थ उपाध्यक्ष तथा एक नं. प्रदेश अध्यक्ष समेत रहेका धरान फुटबल क्लबका अध्यक्ष किशोर राई माथी लगाइएको आरोप निराधार भएको बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x