धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सार्वजनिक यातायातमा महिला यात्रुप्रति सम्मान जनक ढङ्गले व्यवहार प्रदर्शन गर्नु पर्ने बताउनु भएको छ ।

प्रमुख अतिथि समेत रहेका राईले ईलाका प्रहरी कार्यालय धरानले आईतबार धरानको लोकतान्त्रिक चौतारी भानुचोकमा आयोजना गरेको सेफ्टी पीन क्याम्पेन कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले चालक तथा यातायात मजदुरहरूलाई सचेतनामूलक पर्चा वितरण गर्दै महिलाप्रति सम्मानपूर्ण व्यवहार गर्न अनुरोध गर्नुभयो । आमा, दिदीबहिनी, भाउजू, छोरी, भान्जी, श्रीमती आदी नामले सम्बोधन गरिने महिलाहरू नै सार्वजनिक सवारी साधनमा असुरक्षित बन्दै गएको बताउँदै मेयर राईले भने ‘महिला प्रत्येक घरको इज्जत, प्रतिष्ठा र सम्मान हो, सार्वजनिक स्थल र सवारी साधनमा महिलालाई सम्मानपूर्ण व्यवहार गरौं ।’ कलेज पढ्ने महिला विद्यार्थी र बालबालिका सबैको गतव्य स्थानमा पुग्ने माध्यम सार्वजनिक यातायात भएकोले शुन्दर नगरी धरानलाई महिला हिंसा मुक्त धरान बनाउन सवारी साधनमा कार्यरत सबै मानिसको भूमिका अहम् रहेको उहाँको भनाई थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी एवं सेप्टी पिन क्याम्पेन धरानका अध्यक्ष ज्ञानेन्द्र बहादुर बस्नेतले सार्वजनिक स्थलमा बाटो छेकेर पछ्याउने, छोएर, अनावश्यक धकेल्ने, हमला गरेर, हर्न बजाएर, शङ्कास्पद हेराई, किसिङ न्वाईज गर्ने वा अश्लील हाउभाउ यौन क्रियाकलाप जनाउने भाषा प्रयोग गरेमा वा महिलालाइ असहज हुने व्यवहार भएमा महिलामाथि दुव्र्यवहार भएको मानिने बताउनुभयो ।
उहाँले चुप लागेर बस्नाले यौनजन्य दुव्र्यवहारलाई झनै बढ्वा दिने बताउनुभयो । सचेतनामूलक कार्यक्रम मार्फत यातायातको साधनमा महिलालाई अनावश्यक छुने, धकेल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । डिएसपी बस्नेतले सार्वजनिक स्थानमा महिला माथी हुने सबै प्रकारका हिंसा बन्द गर्न आग्रह गर्दै यौनजन्य दुव्र्यवहार भएमा प्रहरी उजुरी गर्न समेत अनुरोध गर्नुभयो । ‘महिला माथि हुने यौनजन्य दुव्र्यवहारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सेप्टी पिन क्याम्पेन अभियान देशभर चलिरहेको र आपराधिक र असामाजिक क्रियाकलाप भएको थाहाँ भएमा वा भइरहेको खबर प्रहरीलाई प्राप्त भएमा तत्काल कारबाही गरिने उहाँले बताउनुभयो ।

महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेयङले धरानको बसपार्क छेउछाउ तथा निम्न बस्ती भएको स्थानहरुमा महिला तथा बालबालिकाहरुमाथि यौन दुव्र्यवहार हुने गरेको बताउनुभयो । महिला तथा बालबालिकामाथि हुने अनैतिक गतिविधिको अन्त्य गर्नका लागि गाउँगाउँमा, टोलटोलमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap