भूमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासीहरुलाई जग्गा नापी दर्ता गरी जग्गा धनी प्रमाण पुजा दिनका लागि सुकुम्बासी समस्या समाधान आयोगले सबै स्थानिय तहमा लागत संकलन र नापी गर्ने काम भएको भएता पनि धरान उपमहानगरपालिकामा भने यो काम शुरु हुन सकेको छैन ।


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलेको विवाद र राजनितिक उत्तार चढावका कारण सरकार परिवर्तन हुने आकलन र सम्भावना रहेको हुदा सरकार परिवर्तन भए पछि यहि आयोगले निरन्तरता पाउने कि नपाउने भन्ने आशंका पैदा हुदा र धरान उपमहानगरपालिकामा नेपाली काग्रेसको नेतृत्व रहेको र कार्यपालिकाका सदस्यहरु वर्तमान प्रधान मन्त्री केपी शर्मा ओली र दाहाल नेपाल समूहमा विभाजित हुदा आयोगलाई आवश्यक पर्ने कर्मचारीहरुलाई छनोट र तालिम भई सक्दा पनि लगत संकलनको काम शुरु हुन नसकेको कुरा बुझ्नमा आएको छ ।


यस पटक आयोगले विपन्न भूमिहिन सुकुम्बासीहरुलाई उपत्यका र शहरी क्षेत्रमा ८ धुर जग्गा उपलब्ध गराउने कहि जग्गा धनी प्रमाण पुर्जा भएका तर बसाई सराई पेशा व्यवसायका कारण प्रति ऐलेनी जग्गामा घर बनाई बसोबास गरेका अव्यवस्थित बसोबासीहरुलाई निश्चित शुल्क लिएर जग्गा धनी प्रमाण पुर्जा दिइने, घर नभएका खाली जग्गाको लगत नउठाई सरकारी जग्गाको रुपमा राख्ने भएकोले प्रति ऐलेनी सुकुम्बासीमा एकै व्यक्तिले धेरै वटा घडेरी रोकेर वा किन बेच गरेर खेलो फड्को गर्नेहरुको व्यवसाय अव सकिने धरान उपमहानगरपालिका १५ नं. वडाका वडा अध्यक्ष नरेश कुमार इवारमले बताएका छन ।


यसै क्रममा सामुदायिक शिक्षा विकास समाजले भने वास्तविक सुकुम्बासीले झगडा गरेर प्रति ऐलेनी जग्गा रोक्न र बसोबास गर्न नसकेको कोही जग्गा रोकेर बेच्ने स“ग किनेर बस्न पनि नसकेको हुदा उनीहरु भूमिहिन सुकुम्बासी भएर पनि घर बहाल वा अर्काको जग्गामा बस्नु परेको हुदा त्यस्ता वास्तविक सुकुम्बासीहरुलाई पनि लगत संकलन गरी जग्गा उपलब्ध गराउनु पर्ने त्यस्ता सुकुम्बासीहरुको लगत धरान उपमहानगरपालिका भित्र समाजले संकलन गरी जिल्ला सुकुम्बासी समस्या समाधान आयोगमा बुझाइने समाजले जनाएको छ । अहिले सुकुम्बासीमा धेरै ठाउ“ घडेरी रोक्ने खाली जग्गा राख्नेहरुले धमाधम आफन्त वा अन्य नहुने परिवाहरुलाई जग्गा दिन पनि थालि सकेका छन् ।

–लोकराज निरौला

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x