धरान,२४ कात्तिक। सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो गएको छ ।पहिरो जाँदा दूधकोशी नदीको बहाव पनि परिवर्तन भएको छ ।करिब २५ मिटर चौडाइको पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएको हो ।

पहिरो झर्ने क्रम भइ रहेको र यसरिनै पहिरो नरोकिए रिब्दोम बस्ती जोखिममा पर्न सक्ने वडा नम्बर ३ का अध्यक्ष मेडल राईले बताए।ूअझै एक स्टेप पहिरो खसेमा रिब्दुम वस्तीका करिब १२ घर जोखिममा पर्न सक्छन्,ूउनले भने ।सो क्षेत्रमा केतुके प्रहरी चौकीको टोली खटाएको ओखलढुंगा प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।दशैंताका परेको अविरल वर्षा परेपछि सोलु करिडोरको उँबुको चुनै भन्ने ठाउँ नजिकमा पहिरो झर्दै आइरहेको थियो । दूधकोशी नदीको बहाव नै परिवर्तन हुने गरी यस्तो सुक्खा पहिरो खसेको भने मंगलबारदेखि रहेको जनाइएकोछ ।

पहिरो गएर बाटो अवरुद्ध भएकोछ।बाटो अवरुद्द हुँदा वडा नम्बर ३ का साथै, वाक्सा, मोली, सिद्धिचरण, हलेसी र रावाबेसी क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । पहिरोका कारण ती क्षेत्रका बासिन्दाको मुख्य बजार जयरामघाटसम्म आउजाउ सम्म मात्र गर्न पनि समस्या परेको वडा नम्बर ३ का अध्यक्ष राईले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x