धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।प्रशासनले जारी गरेको विज्ञप्तीमा शुक्रबार मध्यरातीदेखि निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर ( सेकेन्ड वेभ) मा दिन प्रतिदिन समुदायमा कोरोना संक्रमित हुन थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् ।

उक्त समयवधि भित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० बर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यकबाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । सरकारी, बैक, बित्तिय, विमालगायत कार्यालयहरुबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x