धरान । नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको ‘बढ न केपी बढ न…’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले उक्त म्युजिक भिडियो बिमोचन गर्नुभएको हो । गीतको मिक्सिङ कुन्दन राईले गर्नुभएको हो भने एरेन्ज मनोज मोतेले गर्नुभएको थियो । गीतमा गायिका रेनु मोक्तानको स्वर रहेको छ । गीतको पाश्र्व गायनमा नविन राई, नगेन्द्र राई, सविना पोखरेल, झरना सुनुवार र डिबि लिम्बू रहेका छन् ।

म्युजिक भिडियोको निर्देशन निर्देशक नगेन्द्र राईले गर्नुभएको हो । गीत नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका निम्ति गरेको महत्वपूर्ण कामको प्रशंसा गर्दै लेखिएको छ । यस अघि सुनुवारले ३ वटा गीतको म्युजिक भिडियो बजारमा ल्याइसक्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x