धरान । धरान–१५ श्रुतिमार्गमा अवस्थित सुनौलो बाल संरक्षण आमा समूहको आयोजना निराजन वस्ति कल्याण समाजको संयोजन धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा १ दिने लैगिक हिंसा विरुद्ध कानुनी अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
समूहकी अध्यक्ष मन्जु गुरुङ्गको सभापतित्व १५ नं. वडा अध्यक्ष नरेश कुमार इवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम, निराजन वस्ती कल्याण समाजका सचिव लोकराज निरौला, फुलबारी आमा समूहकी जमुना खड्का, हातेमालो आमा समूहकी लिला ढकाल, गणतन्त्र टोल विकास संस्थाकी, शान्तिदेवी राई, मखमली आमा समूहकी मेनुका लिम्बु खड्का, लक्ष्मी टोल विकास संस्थाका अम्बर बहादुर कार्की, मिलन पथ टोल विकास संस्थाका बादल भट्टाराई, सुसन टोल विकास संस्थाका अशोक चन्द्र राई, सुनौलो आमा समूहकी सानुका लिम्बु, सुनगाभा टोल विकास संस्थाका भिम बहादुर लिम्बु शिवगंगा टोल विकास संस्थाका रत्नकुमार नेम्बाङ, श्याम चौक महिला समूहकी अम्बिरा रसाईली, चेम्जोङ्गकापथ टोल विकास संस्थाका गणेश प्रधान चुम्लुङ्ग, नौलो पथ टोल विकास संस्थाका नर बहादुर श्रेष्ठ, सरिता श्रेष्ठ अतिथि सहभागि रहेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष नरेश कुमार इवारमले कार्यक्रमका लागि महिलाको सीप र क्षमता विकास लक्षित बजेट बाट आर्थिक सहयोग गरेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । संस्थाकी सल्लाहकार प्रेमकुमारी राईले संस्थाको परिचय मन्तव्य राखेकी थिइन । स्वागत मन्तव्य प्रेमकुमारी श्रेष्ठले व्यक्त गरेकी थिइन, अभिमुखीकरणको सहजीकरण अधिवक्ता अवइनद्र निरौलाले गरेका थिए । कार्यक्रमको सञ्चालन दिल कुमारी राईले गरेकी थिइन् ।
