धरान । सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न भएको छ । प्रा.ली.को दोस्रो साधारणसभा आईतबार धरानमा सम्पन्न भएको हो । प्रा.लि.ले उक्त कार्यक्रममा फुटल सेवाको पनि औपचारिक रुपमा उद्घाटन भएको घोषणा गरेको छ ।

अत्याधुनिक सेवा सुविधा भएको १९ सिटे हायस अहिले खोटाङदेखि काठमाडौंसम्म सञ्चालन भइरहेको संस्थाका अध्यक्ष दिवासन राईले बताउनुभयो । यात्रुको मागअनुसार धरानदेखि खोटाङसम्म फुटल सेवा सञ्चालन गरिने पनि राईले जानकारी दिनभयो । सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.मा अहिले ४५ वटा सुमो गाडिले सेवा दिइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रा.लि.ले धरानदेखि भोजपुरसम्म, धरानदेखि खोटाङ, बाक्सिला, अ‍ैसेलुखर्क, पाथेका, खार्मी, नीर्मलीडाँडासम्म सेवा दिइरहेको छ । आगामी दिनमा यात्रुको मागनुसार धरानदेखि खोटाङसम्म हायस गाडी सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सुरक्षित यात्राको प्रतिवद्धता समेत हामि गर्छौ ।’ सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.ले ‘नयाँ युवा, नयाँ सोच, सदैब यात्रुको आरामदायी खोज, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ सेवा दिइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका धरानका मेयर तिलक राईले धेरै युवाहरु अहिले व्यापार व्यवसायतर्फ उन्मुख भएको भन्दै त्यो राम्रो पक्ष रहेको बताउनुभएको छ । मेयर राईले बाटोको विस्तार हुँदै गएपछि धरानको बजार पहाडी क्षेत्रमा सर्दैसर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले चारैतिर विकासको सम्भावना बढेर गयो ।’ बाटोको विस्तारसँगै सम्भावना पनि बढेर गएको बताउँदै व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । उहाँले अहिले व्यक्तिभन्दा धेरै सवारीसाधन भएको बताउनुभयो । यातायात क्षेत्रमा यात्रुको सेवाका लागि ऋण खोजेर व्यवसायमा लागेको बताउदै राज्यले यसको संरक्षण गर्नुपर्ने बताउनु भएको छ । राज्यको अव्यवस्थित कारणले गर्दा यातायात व्यवसाय धरासय बन्दै गएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘यातायात व्यवसाय आफैमा सम्मानित पेशा हो, सेवामुखी व्यवसाय हो ।’ यातायात क्षेत्रमा राज्यको गलत निति र कारणले गर्दा व्यवसाय धरासय बन्दै गइरहेको उहाँले बताउनुभयो । उहाँले युवा व्यवसायीहरुलाई धेरै सोच विचार अर्थात अध्ययन गरेर मात्र यस पेशामा लाग्न आग्रह गर्नुभयो ।

साधारसभाले समितिको रिक्त रहेका पदमा केही पदाधिकारीलाई मनोनित गरिएको गरेको प्रा.लि.का अध्यक्ष दिवासन राईले बताउनुभयो । समितिको उपाध्यक्षमा कोपिला तामाङ, महासचिव चक्र बहादुर थापा, सचिव रेषजोन राई र कोषाध्यक्षमा ईन्द्र बहादुर खडका मनोनित भएका छन् । यस्तै सदस्यहरुमा राजु राई, शिव हिङ्माङ, योगेश राई र सुवास खड्का सर्वसम्मत रुपमा चयन भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x