धरान । धरानका सुकुम्बासी नेता सुबास थुलुङ्ग राई लाई नेपाली काँग्रेसको केन्द्रीय राज्य प्रशासन विभागको सदस्यमा सभापती शेर बहादुर देउवाले मनोनयन गरेका छन।
काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार राई लाई राज्य प्रशासन विभागको सदस्यमा मनोनित गरिएको हो। नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित को) धारा २५ (९) बमोजिम नेपाली काँग्रेस राज्य प्रशासन विभाग को सदस्यमा सभापती देउवाले मनोनयन गरेको बताए। पार्टीको राज्य प्रशासन विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुद्ढ एवं गतिशिल बनाउन सुवासको महत्वपुर्ण योगदान रहने विश्वास सभापती देउवाले गरेका छन।