धरान । एक बर्ष देखि ब्रेन्डट्युमर रोग बाट पिडीत १९ बर्षे सुशील रामदाम लाई उपचार सहयोगको लागि परिवार ले अनुरोध गरेका छन।
धरान उपमहानगरपालिका वाड न. १७ मा भाडामा बस्दै आएको, आर्थिक स्थीती कमजोर भएको आमा ले छाडेर गएको दुई सानो भाइ, सानो आमा र बुबा संग बस्दै आएको सुशील ब्रेन्डट्युमर रोग बाट पिडीत छन। शरीर र हात खुट्टा नचलने बोल्न नसक्ने अवस्थामा सानो कोठाको ओछ्यानमा मुढा झै लडी रहेको छ।
पन्चकन्या मा बि कक्षा ८ मा अध्यान गर्दै गरेको छोरा पढेर परिवारमा सुख दिने आश गरेको बुबा अहिले ओछयानमा सिमित रहेको छोराको दिशा पिसा सफा गर्दै छोरा निको हुने आसमा छन। बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लगिएको तर भेन्डीलेटर खाली नभएका ले अहिले नोबेल हस्पीटल बिराटनगर मा आफन्त छिमेकी को सहयोगमा उपचार हुदैछ।
संघ संस्था सम्बन्धीत निकाय र नेपाली दाजुभाई दिदी बहिनी साथै धरानवासी लाई सुशील को उपचारको लागि आर्थिक सहयोग को लागि परिवार ले अनुरोध गरेको छ्न। सहयोगको लागि सम्पर्क सागर तामाङ्ग मो न.९८१४३८८९०६