धरान(✒संजिता धमला) । धरान १५,४ र ५ भएर बग्ने सेउती खोला पुल देखि ५ सय मिटर तल नदीजन्य वस्तुहरु नगरपालिकाले ठेक्का लगाएको छ । तर,धरान उपमहानगरपालिका डिभिजन बन कार्यालयक सुनसरी एक अर्काबिच आरोपप्रत्यारोप गरि निष्कर्ष बिनाको विवाद गरिरहेका छन्।

धरान उपमहानगरका विपद तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले नगरपालिकाले पाथीभरा निमार्ण सेवा कम्पनी इटहरीलाई ठेक्का लगाएको लकडाउनकाबिच पनि काम धमाधम भएको बताएका छन्। उनले लकडाउन भए निमार्णको कामहरु गर्न पाउने बताएका छन्।

पाथीभरा निमार्ण सेवा कम्पनी प्रमुख अर्जुन भण्डारी उक्त सेउती खोला एरियामा १ करोड ६० लाख बढी रकममा ठेक्का लिएका हुन्। जेष्ठ महिना भित्र उत्खन्न कार्य गरि सक्नु पर्ने हुन्छ । यस कम्पनीले धरानमा सर्दु, सेरा र सेउती गरी जम्मा ४ करोड ९१ लाख बढीमा ठेक्का लिएका हुन्। यस कम्पनीले सबै अग्रिम भुक्तानी गरि सकेको छ । भुक्तानी रकम राजश्वको प्रदेश सरकारलाई ४० प्रतिशत जान्छ भने धरान उपमहानगरलाई ६० प्रतिशत आउँछ ।

यो ठेक्काको आइई धरानको होम प्यानका संचालन टंक केसी र काठमाण्डौका ग्रे हिमालयनले संयुक्त रुपमा तयार गरेका हुन्। धरान १५ वर्ष देखी यस कम्पनीले ठेक्का लिदै आएको छ । पाथीभरा निमार्ण सेवा कम्पनीका कर्मचारी टेक बहादुर बुढाथोकीले भने हामी ६ चक्के ट्रिपरलाई १७ हजार ९५ रुपैयाँ ५१ पैसा र टयाक्टरलाई ५ सय ४२ रुपैयाँ ४० पैसा लिइरहेका छौ। भने सेउती खोलामा मात्र १ सय बढी ट्रिपर र टयाक्टर आएका थिए ।

वन ऐन र स्थानीय ऐन कस्तो छ ?

स्थानीय सरकार धरान उपमहानगरपालिकाले स्थानीय सरकार ऐन २०७४ (६) को ´कमा अनुसार नदीजन्य काम गरेको बताएका छन । डिभिजन वन कार्यालय सुनसरीले बन ऐन २०७६ को दफा ४९ को ´झ मा वन क्षेत्रबाट बग्ने नदीबाट ढुङगा, गिट्टी बालुवा, वा माटो झिक्ने , गोल वा चुना पोल्ने वा यी बस्तुबाट अरु तयारी माल बनाउने वा संकलन गर्ने र खनिज निकाल्ने वा संकलन गर्न कार्य गर्नू हुँदैन र सो गरेका कसुर मानिने जनाएको छ ।

गत मंसिर देखि सुरु भएको सेउती खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद उत्पन्न भएको छ । सामूदायीक वन उपभोक्ता समिति र र वडा कार्यालयले पनि आपक्ति जनाएका हुन्।

डिभिजन बन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले सेउती राष्ट्रिय वन क्षेत्रमा अन्तरर्गत पर्ने भएकाले यसमा स्थानीय सरकारले केही गर्न नपाउने बताएका छन्। प्रदेश सरकारले वन संग समन्वय गरेर मात्र ठेक्का लगाउँन पाउने तर, धरान उपमहानगरले जबरजस्ती पटक पटक आइई (प्रारम्भिक वातावरणीय परीक्षण ) गत माघ २७ गते माग्दा पनि नदिएको र एकलौटी निर्णयबाट काम सुरु गरेको बताएका छन्। उनले वनजन्य क्षेत्र यसरी उत्खनन गर्ने नमिल्ने जसले गर्दा भोलीका दिनमा ठुलो समस्या देखा पर्ने मानवबस्ती मासिने बताएका छन्।

धरान उपमहानगरले आइई मेल मार्फत पठाएको बताएको छ । डिभिजन वनले मेलको बहाना मात्र गरेको नपठाएको स्थानीय सरकारको कार्य गलत भएको बताएका छन्। खोलाहरुको उत्खन्न तथा व्यवस्थापन गर्ने सन्दर्भमा आइई पनि नभएको कति घनतत्व निकाल्ने के गर्ने आफूलाई जानकारी नभएको बताए ।
धरानका मेयर तिलक राईले वन ऐनमा पनि उत्खन्न गर्न नहुने छ भने स्थानीय ऐनमा पनि ठेक्का लगाउने ऐन रहेको बताए । बाटो निमार्णका लागी निमार्ण सामान चाहिन्छ नै के भयो गर्दा उनले भने ।

आईई प्रस्तावक पनि उपमहानगर नै स्वीकृत पनि आफै गर्यो
आईई बनाउँदा प्रस्तावक पनि आफै बसेको र आफै स्वीकृत गरेको देख्दा आफू अचम्म परेको श्रेष्ठले बताए । उनले भने यो उपमहानगरको मनपरी हो । मैले ५ जिल्लाका काम गरे यस्तो काँही पनि देखिन ।उनले भने ।

नजिकै मानववस्ती पनि रहेकाले वनक्षेत्रमा खन्न नपाईने हुँदै हुँदै नगरपालिकाले पैसाकै लागि जेष्ठ सम्म मात्र खन्न पाइने भएकाले धमाधम खन्दै छ, उनको भनाई छ । स्थानीय सरकारले वर्तमान फाइदा हैन् यसको दिर्घकालिन असर पनि हेर्नु पर्छ ।

खबरदारी गर्दा पनि यसरी उत्खनन रोक्न आग्रह गर्दा डिभिजनका प्रमुखलाई सरुवाको धम्की आएको क्षेष्ठले गुनासो गरे । म पनि काम नै गर्न आएको हुँ सरुवाको मलाई डर छैन् पावर लगाएर सुनसरी पनि आएको हैन् कानुन विपरीत कामको सधै खबरदारी गर्छु।

माघ २५ गते उच्च अदालत विराटनगरको संयुक्त इजलासले उत्खनन गर्न प्रवेश रोक पनि गरेको थियो ।

ठेकेदारको सुरक्षका लागी वनक्षेत्रमा नगर प्रहरी लगेर शक्ति प्रदर्शन

धरानका मेयर उपमेयरले आफै नगर प्रहरी लगाएर वनका कर्मचारीलाई लठ्ठी चार्ज गर्न लगाएको उपमेयरले मुख छाडेर बोलेको श्रेष्ठले बताए ।

कागजात नपुगेको भन्दै हतियारसहितका वन रक्षक डिभिजन कार्यालय सुनसरीले उत्खनन् स्थलमा पठाएको थियो । यता धरान उपमहानगरपालिकाले खोला उत्खनन् गर्न पाउनु पर्ने भन्दै ३५ जना नगर प्रहरी उत्खनन् स्थलमा उपमहानगरले पठाएको हो ।

शुक्रबार उपमहानगर र डिभिजन वन कार्यालयका कर्मचारीबीच हतियार खोसाखोस भएको पानवारी सामुदायिक वनका पदाधिकारीले जानकारी दिएका छन् । यसरी नगर प्रहरी ठेकदारको सुरक्षामा खटाएर वन क्षेत्रमा नगरपालिकाले शक्ति प्रदर्शन गरेको सशस्त्र वन रक्षकले आपती जनाएका छन् । वन क्षेत्र नगर प्रहरीको क्षेत्रअधिकार भित्र पर्दै नपर्ने कुरा हो ।

संक्रमित नै खोलामा

ठेकेदार कम्पनीका प्रतिनिधि ठेकेदार अर्जुन भण्डारी आफैं कोभिड संक्रमित भएको स्थानीयले बताएका छन् । ‘ठेकेदारलाई कोरोना लागेको छ त्यही पनि खोलामा छन्, त्यहीँबाट कोरोना सर्न सक्छ, उनको नेगेटिभ भएको खबर हामीले पाएका छैनौं ।’ एक उपभोक्ताले भने । अर्जूनले फोन सम्पर्कमा आफू १० दिन पछि मात्र आएको बताएका छन्। उनले आफ्नो कम्पनीको लेखापाल पनि संक्रमित भएको जनाएका छन्। विश्व स्वास्थ्य संगठन अनुसार संक्रमित भएको १४ दिन होम क्यारेनटाइन बस्नु पर्ने जनाएका छ ।

This image has an empty alt attribute; its file name is IMG_2385-1024x683.jpg

फोटो–भिडियो शिशिर खड्क

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x